X (current)

धादिङमा पहीले पटक किवीको ब्यवसायीक खेती, उत्पादन लिने बेला रोगको प्रकोप

  Bikaspost   5 November, 2019


धादिङ । किवीको फल लागन्ने समयमा असिना पानीका कारण क्षती बेहोरेका धादिङका किसानहरुले अहिले  फल पाकेर  टिप्नेबेलामा पनी रोगको प्रकोपको सामाना गर्नु परेको छ ।
धादिङमा पहिलेपटक  सुरु गरेको यस खेतीबाट  आम्दानी नै लिन नपाई रोगको प्रकोप देखा पर्न थाले पछी  किसानहरु चिन्तामा छन् ।
 ब्यवसायीक किविको उत्पादन धादिङमा पहिलो पटक नीलकण्ठ नगरपालीका–१ काउलेमा एक किसानले  तिन वर्ष अघिदेखी सुरु गरेको हो ।  भिरालो र खेर गएको जमीनको सदुपयोग गर्दै गरेको  किवी खेतीले यसै वर्षबाट फल  दिन सुरु गरेको छ ।
मानव स्वास्थ्यका लागी अत्यान्त फईदा जनक फलफुलको रुपमा लिईने किवी चिसो हावा पानी भएको ठाँउमा राम्रो हुने सुने पछी आफुले खेर गएको जमीनमा यो खेती सुरु गरेको किवी खेती गर्ने किसानहरुको भनाई छ ।


 अहिले जिल्लाका  तिन स्थानमा यसको ब्यवसायीक सुरु गरेको छ । तर आम्दानी नै लिन नपाई रोगको प्रकोप देखा पर्न थाले पछी लगानी नउठ्ने हो की भन्ने चिन्तामा उनिहरु परेका छन् ।
धादिङको निलकण्ठ नगरपाली स्थित काउलेमा एघार लाखको लागतमा सुरु किवी खेती सुरु गरेको  हो । अहिले किवीको पात सुक्दै जाने जाली जस्तो हुने विस्तारै बोट नै मर्दै जाने समस्या देखा पर्न थालेको छ ।
किवीको पातमा एक प्रकारको किराको समेत प्रकोप बडेको छ । धादिङ जिल्लामा यो नयाँ खेती भएका कारण यसका बारेमा ज्ञान भएका विज्ञहरु पनी कृषी ज्ञान केन्द्रमा नभएका कारण पनी समस्या भएको छ ।
प्रविधिक ज्ञान किसानहरुमा नहुदा यस खेतीमा आउने समस्याको समाधान किसानहरु आफैले गर्न नसक्दा झनै समस्या भएको उनिहरुको भनाई छ ।
अन्य खेती भन्दा यो खेती जिल्लामा नै नौलो र फरक भएकोले पनी किसानहरु अन्यौलमा परेका हुन् ।


यस वर्ष काउलेमा गरिएको किवी करिव चार हजार किलो ग्राम उत्पादन लक्ष्य भएको भए पनी असिना पानी र रोगको प्रकोपले गर्दा एक हजारदेखी पन्द्र सय किलो ग्राम मात्र हुने अनुमान किसानको छ ।   

प्रतिक्रिया दिनुहोस