धादिङमा बैदेशीक रोजगारीबाट फर्केका युवाहरु सामुहीक कृषीमा

Bikaspost 22 May, 2019
धादिङ । बैदेशीक रोजगारीबाट फर्केका धादिङ स्थित नेत्रावती गाउँपालीकाका स्थानीय युवाहरुले सामुहीक समुहीक तरकारी खेती र पशुपालन सुरु गरे पछी उनिहरु गाँउकै नमुना भएका छन् । कृषी क्षेत्रबाट उनिहरुले राम्रो आम्दानी भएको बताएका छन् ।
बैदेशीक रोजगारीबाट फर्केका उनिहरुले चार जनाको मिलेर विस लाखको लगानीमा सामुहीक तरकारी खेती लखगाएत पशुपालन गर्न सुरु गरेका हुन् ।
ग्रामिण क्षेत्रबाट युवाहरु बैदेशीक रोजागरीमा गएका कारण गाउँ नै खाली हुदै गएको र खेतीयोग्य जमीन बाँझीदै जना थाले पछी उनिहरुले आफ्नो बोहेक अरुको पनी जमीन भाडामा लिई खेती सुरु गरेको बताएका छन् ।
कृषी क्षेत्रबाट विस्तारै राम्रो आम्दानी हुने भन्दै उनिहरुले अन्य युवाहरुलाई पनी बैदेशीक रोजगारीमा भान्दा आफ्नै भुमीमा केही गर्नुै पर्ने शन्देस दिएको बताएका छन् ।
उनिहरुले अहिले कुखुरा, बाख्रा पाल्नुका साथै आधुनीक तरिकाले तरकारी खेती समेत गर्न थालेको बताएका छन् ।
उत्पादीत तरकारी र मासु जन्य बस्तुहरु गाउँमा नै खपत हुने उनिहरुले बताएका छन् ।
बजारको खोजी गर्दै हिड्न नपर्ने र फर्मबाट मानिसहरुले किनेर लग्ने गरेको बताउदै आफ्नो उत्पादन प्रङ्गारीक भएकोले गर्दा स्वास्थ्य बर्दक भएको दावी गरेका छन् ।
उनिहरुले अहिले मासिक दुई लाखसम्मको कृषी र पशु जन्य उत्पादन बिक्री गर्न थालेको बताएका छन् ।
गत सालबाट सुरु गरेको समुहीक कृषी खेतीका लागी उनिहरुले कृषी ज्ञान केन्द्रलेलगाएत स्थानीय तहले दिने सुविधाहरु र अनुदान कुनै पनी नपायको भन्दै राजनीतीक पहुचको आधारमा मात्र सरकारी कार्यालयहरुले अनुदान दिने आरोप लगाएका छन् ।