X (current)

धादिङमा भएको दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा एकको मृत्यु २९ यात्रु घाईते साङ्कोष तिप्लीङ्ग सडक खण्डमा पनी दुर्घटना

  Bikaspost   24 November, 2019



धादिङ । धादिङमा आज भएको दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा परी एक जानको मृत्यु भएको छ भने अन्य २९ यात्रु घाईते भएका छन् ।
आज विहान काठमाण्डौतर्फबाट बाराको अम्लेखगंजतर्फ जादै गरेको बा२ ख ६२६८ नम्वरको वस गल्छी गाउँपालीका स्थित पृथ्वी राजमार्गमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको हो भने अन्य १३ यात्रुहरु घाईते भएका छन् ।
मृत्यु हुनेमा नुवाकोटको बेलकोट गडी नगरपालीका बस्ने वर्ष १५को डोल्मा तामाङ्गको रहेको प्रहरीले जनाएको छ ।
सो दुर्घटनाका घाईते मध्य तिन जनाको अवस्था गम्भिर रहेको थप उपचारका लागी काठमाण्डौ पठाईएको छ ।
यसै गरी आजै नीलकण्ठ नगरपालीका स्थित साङ्कोष तिप्लीङ्ग सडक खण्डमा पर्ने गरेको आले डाँडामा भएको जिप दुर्घटनामा परी १६ यात्रु घाईते भएका छन् ।
झार्लाङ्गको पेर्चोबाट धादिङको सदरमुकामतर्फ आउदै गरेको ग १ ज ६७५३ नम्वरको जिप दुर्घटनामा परी ति यात्रुहरु घाईते भएका हुन् ।
जिप सडकबाट करिव पन्द्र मिटर तल बारीमा खसेको छ । घाईते मध्य केहकिो अवस्था गम्भिर रहेको छ ।
जिप दुर्घटनाका घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भई रहेको छ । गम्भिर घाईतेहरुलाई थप उपचारका लागी काठमाण्डौ लग्ने तयारी भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस