X (current)

धादिङमा लोपउन्मुख खेल डण्डी बियो प्रतियोगीता सुरु

     18 February, 2019


धादिङ । धादिङमा आजदेखी लोपउन्मुख खेल डण्डी बियो प्रतियोगीता सुरु भएको छ ।

नेपालको पुरानो र मौलीक खेल डण्डी बियो भएको तर यस खेलको संरक्षणमा कसैको पनी चासो नदेखीएको भन्दै धादिङमा पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको हो ।

जिल्ला स्तरीय अन्तर माध्यामिक विद्यालय स्तरमा आयोजना गरिएको यस खेलमा जिल्लाभरका ४३ ओटा माध्यामिक तहका विद्यालयकारुको सहभागीता रहेको छ ।

नेपाल स्काउट धादिङ र डण्डी बियो संघको आयोजनामा यसको संरक्षण गर्नका लागी खेलको आयोजना गरिएको आयोजक डण्डी बियो संघको भनाई छ ।

डण्डी बियो खेल सस्तो र सहजै खेल्न सकिने खेल भए पनी आधुनकितासंगै यो खेल लोप हुदै गएका कारण यसलाई जगेर्ना गर्नु पर्ने सहभागीहरुको भनाई छ ।

४३ टिमको सहभागी भएको यस प्रतियोगीताका प्रथम,दृतीय र तृतीय हुनेलाई क्रमश, पचास हजार तिस हजार र विस हजार नगद पुरस्कार प्रदान गरिने छ । खेल नका आउट सिस्टममा खेलाईएको छ । अहिले गरिएको प्रतियोगीता धादिङमा मात्र नभई मुलुकमै पहिलो पटक आयोजना गरिएको पनी संघको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस