X (current)

धादिङमा विस केजी प्रतिबन्धीत् लागु औषध चरेस सहित पाँच जना पक्राउ

  Bikaspost   3 February, 2020


धादिङ । बेनीघाट रोराङ गाउँपालीका–४ मलेखु स्थित ताल्ती जाने कच्चि सडकमा प्रहरीले विस केजी प्रतिबन्धीत् लागु औषध चरेस सहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला राक्सिराङ बस्ने २८ वर्षीय सुकलाल गोम्वो,१९ वर्षीय भिम वहादुर गोम्वो,२२ वर्षीयपासाङ्क तामाङ,५० वर्षीय कान्छामान स्याङतान,र म्याग्दी जिल्ला मालिका गाउँपालीका–२ दरवाङ ३० वर्षीय तिलक विश्वकर्मा रहेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख खगेन्द्र खड्काले बताउनु भएको छ । उनिहरुको साथबाट चरेस बनाउनका लागी प्रयोग गरिने तेल र केमीकललगाएत नगद दुई लाख पचासहजार समेत बरामद गरेको छ ।

म्यागद्यीका तिलक बहादुर विश्वकर्मा भने चरेस खरिद गर्न आएको खुलेको छ ।उनिहरुलाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले सुराकिको आधारमा खानतलास गर्ने क्रममा उक्त पदार्थ र नगदसहित चरेससंगै उनीहरुलाई पक्राउ गरिएको हो । उनिहरुलाई थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय गजुरीले दश दिनको म्याद थप गरी अनुसन्धान आगाडि बढाएको पनी जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस