X (current)

धादिङमा स्थानीय प्रशासनकै मिलेमत्वमा चल्छन् अबैध बालुवा खानी

  Bikaspost   27 November, 2019


धादिङ । लामो समयदेखी बन्द रहेको धादिङका अबैध बालुवा खानीहरु पुनःनिर्वाद रुपमा संञ्चालन हुन थालेका छन् ।
जथाभावी यस्ता खानीहरु संञ्चालन गर्दा राजमार्ग र खानी ओरपरका बस्तिहरु निकै जोखिममा परेका छन् ।
यस्ता दर्जानौ अबैध बालुवा खानीहरु गत महिनादेखी संञ्चालन हुन थालेको हो ।
 स्थानीय प्रशासन र प्रहरीको  समेत मिलेमहत्वमा  खानीहरु संञ्चालन भएको र कसैले पनी रोक लगाउन नसकेको स्थानीयहरुको भनाई छ ।
प्रमुख जिल्ला अधिकारीले समेत देखेनदेखेको गर्ने गरेका कारण स्थानीय प्रशासनको  मिलेमहत्व रहेको आरोप स्थानीयहरुले लगाएका हुन् ।
खानी ओरपारका बस्तिमा बसोवास गर्नेहरुले पटक पटक जिल्ला प्रशासन कार्यालय धादिङमा यस्ता खानीहरु बन्द गर्नु पर्ने आग्रह गर्दा समेत बेवास्था गरेको उनिहरु बताउछन् ।
उता जिल्ला समन्वय समीतीका अनुसार यस्ता कुनै पनी खानी चल्न नदीने र बन्द गर्ने प्रकृया अगाडि बढाउन लागीएको बताईएको छ ।  


अझै यस्ता धेरै खानी संञ्चालकहरुले त अवैधसंगै सार्वजनकि र जमीनको अतिक्रमण गरी बालुवा निकाल्ने तथ्य समेत खुलेको छ ।
खास गरी खानी संञ्चालकहरुले राजमार्ग आसपासमा घडेरी खन्ने निहु बनाई स्थानीय तहरुबाट कागाजाद मिलायका हुन्छन् ।
उनिहरुले घर निर्माणका लागी घडेरी खार्ने निहुमा सार्वजनीक जमिन अतिक्रमण गर्ने र प्रकृतीक बस्तुहरुको दोहन गर्ने काम भने निकै तिब्र गतिमा गरिरहेका हुन्छन् ।
जस्ले गर्दा बाडी पहीरो र पिउने पानीको समस्या हुने गरेको छ ।


जथाभावी उत्खनन् गरेका यस्ता खानीहरुका कारण पानीको मुल समेत सर्ने गरेका कारण उत्खनन् गरेका गाउँ ओरपार पानीको समस्या समेत हुने गरेको पिडितहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस