X (current)

धादिङमा हत्तिापाईले रोगीको संख्या बृद्धि रोकथामका उपायहरु बेलैमा सुरु गर्नु पर्ने चिकित्सकहरुको सुझाव

  shiva Silwal   19 July, 2019


धादिङ । हत्तिपाईले रोग नियन्त्रणका लागी सरकारले चरणबद्ध रुपमा औषधी खुआउदै आएको भए पनी धादिङमा पुनःयो रोगका नयाँ विरामीहरुदेखा पर्न थालेका छन् ।

 स्वास्थय कार्यालय धादिङले हत्तिपाईले रोगसम्वन्धि गरेको सर्वेक्षणमा थप नयाँ रोगीहरु भेटीएका हुन् । 

जिल्लाभर हत्तिापाईलेबाट ग्रस्त विरामीको संख्या २ सय १२ जना रहेकोमा सल्यानटारमा थप चार जनामा बालवालीकाहरुमा यो रोग भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाईएको छ ।

  हत्तिापाईलेका कारण सबै भन्दा प्रभावीत मानिएको सल्यानटारमा पैतिस जना बालवालीकाहरुमा गरिएको परिक्षणमा चार जनामा हात्तिपाईलेको संक्रमण भेटियको  हो ।

यसरी नयाँ रोगीहरु भेटिए पछी रोगको नियन्त्रणका लागी स्थानीय सरकाले विसोष चासो दिनु पर्ने त्याहाँका स्थानीयहरुले माग गरेका छन् । सल्यानटारमा यस रोगका कारण शारिरिक रुपमा नै असक्त भई बसेकाहरु निकैको संख्यामा रहेका छन् ।

दराई र कुमाल जातीको बसोवास रहेको सल्यानटामा हत्तिपाईलेका पुराना विरामीहरुको संख्या अत्याधिक रहेको र उनिहरु समेत समस्यामा रहेका छन् । 

बेलैमा यो रोग लागेको थाहा नपाउदा रोगीका  शरिरको अङ्गहरुमा संक्रमण हुन पुगी उनिहरु शारिरिक रुपमा नै असक्त बनेका हुन् ।

संक्रमीत पोथी एनोफिलस लामखुट्टेको टोकाईबाट सर्ने यो रोग लाग्नुको मुख्य कारण स्वास्थ्य र सरसफई सम्वन्धि जनचेताको कमीले भएको जानकारहरुको भनाई छ ।

यस रोगका नियन्त्रणका लागी पुन औषधी खुवाउने कार्यक्रम संञ्चालन गर्नु पर्ने र स्वास्थ्य तथा सरसफईमा विषेस ध्यान दिनु पर्ने सुझाव चिकित्सकहरुले दिएका छन् । यसको समयमा नै रोकथामका उपायहरु नअप्नाय थप संक्रमण फैलन सक्ने देखिन्छ ।   

प्रतिक्रिया दिनुहोस