X (current)

धादिङ अस्पतालमा आईसियु सेवा सुरु

  Bikaspost   23 December, 2020


धादिङ । धादिङ अस्पतालले जिल्लामा पहिलो पटक आईसियु सेवा संञ्चालनमा ल्याएको छ ।
निकै लामो समयदेखी स्टोरमा थन्कीयको सघन उपचाचर कक्षमा राखिएका उपकरणहरु आवाश्यक भौतकि संरचना निर्माण गरी बल्ल जडान भए पछी सो सेवा सुरु भएको हो ।
यस सेवा सुरु भएसंगै अव धादिङ अस्पतालबाट पाईने सेवासुविधा पनी थप भएको छ ।
धादिङ अस्पतालमा उपचारका लागी आएका र सल्यक्रिया गरेका विरामीहरुका साथै अन्य जटिल किसिमका स्वास्थ्य समस्या भएका विरामीहरुको उपचारमा पनी आईसियु सेवाका कारण सहज हुने चिकित्सकहरुको भनाई छ ।
पहिले पटक संञ्चालनमा ल्याएको सघन उपचार कक्षमा अहिले दुई शैया भेन्टिलेर सहति दश शैया क्षमताको आईसियु रहेको छ ।
अब भने सघन उपचार कक्षमा राखेर उपचार गराउनु पर्ने धेरै जसो विरामीहरुलाई राजधानी काठमाणडौलगाएत जिल्ला बाहिर गई उपचार गराउनु पर्ने बाध्यताको पनी अन्त्य हुने छ ।


धादिङ अस्पतालमा सेवासुविधा विस्तार गरे संगै अब गुणस्तरीय सेवाका लागी जिल्ला बाहिर जानु पर्ने बाध्यता हटेको भन्दै धादिङका स्थानीयहरुसमेत खुशी भएको छन् ।
सघन उपचार कक्ष संञ्चालनका लागी बाग्मती प्रदेश सरकाले अवाश्यक उपकरण र जन शक्ति उपलब्द गराएको हो । कोरोना महामारीका विच सोसेवासुरुका लागीस् सहरकाले सहयोग गरेको हो ।
विरामीहरुको निकै चाप हुने धादिङ अस्पतालमा उक्त सेवा नभएका कारण दैनिक दुई तिन जना विारमीहरुलाई राजधानी लगाएत अन्यत्र जिल्लाका सुविधा सम्पन्न अस्पतालहरुमा उपचारका लागी पठाउनु पर्ने बाध्यता रहि आएको थियो ।

प्रतिक्रिया दिनुहोस