X (current)

धादिङ जिल्लाका ईलाका र अतिरिक्त हुलाक कार्यालयहरु काम विहिन

  Bikaspost   22 June, 2019


धादिङ । सरकराले संञ्चार क्षेत्रको सहजताका लागी  गाउँ गाउँमा स्थापना गरेको ईलाका र अतिरिक्त हुलाक कार्यालयहरु अहिले काम विहिन बनेको छ । संञ्चार क्षेत्रमा भएको आमुल परिवर्तन र आधुनीकीकरणसंगै हुलाक कार्यालय काम विहिन भएको हो । डिजिटल संञ्चार माध्यामको विकास हुनु भन्दा पहिले खवर आदान प्रदानका लागी  चिठी ल्याउने र पु¥र्याउनका लागी महत्व पुर्ण मानियको हुलाक अहिले मोवाई ईमेल र ईन्टरनेटको विकाससंगै संकटमा पर्न थालेको हो । अहिले जिल्लाभर  रहेका कुनै पनी ईलाका हुलाक कार्यालयहरुका कार्यालय महिनामा एक पटक पनी नखुल्ने स्थानीयहरुको भनाई छ । कर्मचारी भए पनी काम नभएका कारण कार्यालयमा महिना दुई महिनामा एक पटक मात्र आउने गरेको छ । जिल्लाभर ईलाका हुलाक कार्यालय १२ र अतिरिक्त हुलाका कार्यालय ३७ ओटा रहेको छ । यसो त जिल्ला हुलाक कार्यालयमा पनी दैनिक चहल पहल चही सुन्य जस्तै बनेको छ । 

प्रतिक्रिया दिनुहोस