X (current)

धार्मिक एवं पर्यटकीय क्षेत्र गंगा जामुनामा पुर्वाधार विकाससंगै आन्तरीक पर्यटक बढ्यो

  Bikaspost   16 December, 2019


धादिङ । पर्यटन पुर्वाधारहरुको विकास गरेसंगै धादिङको  गंगा जामुनामा झरनामा  आउने आन्तरीकम एवं बाह््य पर्यटकहरु बृद्धि हुन थालेको छ ।
धार्मीक एवं पर्यटकीय दृष्टिले महत्वपुर्ण गंगा जमुनाको झरना हेर्न र पुजापाठका लागी पर्यटकहरु आउने गरेका हुन् । दुई ओटा झरना एकै ठाँउमा रहेको यो एक मात्र पर्यटकीय गन्तव्य हो ।
जिल्लाकै अत्यान्त महत्वपुर्ण तिर्थ स्थलको रुपमा मानिएको सो स्थानसम्म पुग्नका लागी गाउँपालीकाले सडक निर्माण र  पुगे पछी बस्नका लागी  ब्यवस्थीत स्टल निर्माण गरेको छ ।
पहराको विचमा मन्दिर भएकोले सो मन्दीरसम्म पुग्नका लागी   सिडी र फलामेबार समेत गाउँपालीकाले लगाई दिएको छ ।
मन्दिरमा विषेस गरी लामा झाँक्रीहरु आफुले मनले चितायको पुग्ने र झाँक्री विद्या सिकेकाहरुले मोक्षय प्रप्तीका लागी आउने गर्दछन् ।
यसै गरी गाँगा जमुनामा रहेको कुकुर धारामा नुहाउदा कुकुरले टोकेको दोस नष्ट हुने भन्दै भक्तालुहरु त्यहाँ स्नानका लागी आउने गर्दछन् ।
गाँगा जमुनामा भौतकि पुर्वाधारहरुको विकास नहुदा फाटफुट रुपमा र विषेस पर्वमा मात्र पर्यटकहरु आउने गरेकोमा अहिले हप्तामा तिन सयदेखी पाँच सयसम्म पर्यटकहरु आउने गरेको  स्थानीयहरुको भनाई छ  ।


यसै गरी नजिकिदै गएको पर्यटन वर्षका लागी गाँउ पर्यटनको विकास गरी आन्तरीक एवं बाह्य पर्यटकहरु भित्र्याउन गाउँपालीकाले पर्यटन पुर्वाधारको विकासमा लागी रहेको जनाएको छ ।
जिल्लाका विभिन्न पर्यटकीय स्थलहरु जानका लागी यही पदमार्ग हुदै  पुग्न सक्ने बनाउनका लागी गाँउपालीकाले नै पर्यटन रुट तयार गरेको पनी जनाएको छ ।
यस गाउँपालीका भित्र गाँगा जमुना, पोखरा र पासाङ्गचोक मुख्य पर्यटकीय क्षेत्रहरु हुन् । यही बाटो हुदै गाणेश हिमालसम्म जानका लागी नयाँ पद मार्ग समेत रहेको छ ।  

प्रतिक्रिया दिनुहोस