X (current)

धुनीवेसी नगरपालीकामा ईट्टा उद्योगहरुले अबदेखी संञ्चालन गर्ने अनुमती नपाउने

  Bikaspost   6 January, 2020


धादिङ । धुनीवेसी नगरपालीकाको विभिन्न स्थानमा संञ्चालन हुदै आएका ईट्टा उद्योगहरुले अबदेखी संञ्चालन गर्ने अनुमती नपाउने भएको  छ ।
ईट्टा उद्योगहरु पुरानै शैलिमा चलाईएकोले गर्दा धुवाँ , धुलोको प्रर्दुषण बड्दो र खेती योग्य जमीन पनी मासिदै गएका कारण यहाँ संञ्चालन हुदै आएका उद्योगहरुको नविकरण म्याद थप नगर्ने भएको हो ।
आगामी आर्थिक वर्षबाटै यो नियम कडाईका साथ लागु हुने भएकोले गर्दा उद्योग संञ्चालकहरुलाई बैकल्पीक ब्यवस्था गर्न नगरपालीकाले आग्रह गरेको छ ।
भुकम्प पश्चात राजधानी काठमाण्डौबाट हटाईएका उद्योगहरु राजधानी केन्द्रत बनाउदै सबै भन्दा नजिकको दुरी भएकोले यस नगरपालीकामा स्थापना गरिएको हो ।
ईट्टा उद्योगका कारण निकै समस्या धुनीवेसी नगरपालीकाका स्थानीयहरुले भाग्नु परेको र वाताबरणीय हिसावले अत्यान्त हानी हुने भन्दै नयाँ आधनुनीक वाताबरण मैत्री प्रविधिका बाहेकका सबै उद्योगहरु हटाईने धुनीवेसी नगरपालीकाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिनु भयको छ  ।  
यसो त उद्योग संञ्चालकहरुले नगरपालीकालाई तिर्नु पर्ने ब्यवसायीक कर  पनी छली गर्दै आएको रकुनै उद्योगले पनी  नतिरेको कारण यसै आगामी आर्थिक वर्षदेखी नै  नविकरण थप  नगर्ने जनाएको छ ।


जथाभावी उद्योग संञ्चालन भएका कारण धुनी बेसी नगरपालीका क्षेत्रमा हावा पानी र माटोमा प्रदुषण बड्दै गएकोले गर्दा यसले भविष्यमा वाताबरण सम्वन्धि विकराल समस्या निम्त्याउन सक्ने भन्दै यसलाई बेलैमा नियन्त्रण गर्न लागीएको प्रमुख आचार्यले बताउनु भएको छ ।
धादिङको धुनीवेसी नगरपालीकामा मात्र हाल २७ ईट्टा उद्योगहरु संञ्चालन हुदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस