X (current)

नागढुंगा-सिस्ने खोला सुरुङ खन्ने काम यही हप्तादेखि

  Bikaspost   19 December, 2020


धादिङ । सरकारको प्रमुख प्राथामीतामा रहेको मध्य एक महत्वपुर्ण भनीएको नागढुंङ्गा– सिस्ने खोला सुरुङमार्ग खन्ने काम यही हप्तादेखी सुरु हुने भएको छ ।
सुरुङ्गको प्रवेशद्वार अबको केही दिनमा खन्ने अन्तिम तयारी पुरा भई सकेको आयोजना निर्देशक नरेशमान शाक्यले जनाकारी दिनु भएको छ ।
सुरुङ्गमार्ग प्रवेशका लागी खनीने पहिलो प्रवेशद्वरको प्वाल खन्नका लागी स्टिल पोर्टल फ्रेम राख्ने काम पुराई भई सकेको छ ।
गत मंसिमा नै सुरुङ्गको प्रवेशद्वार खन्ने भनीएको भए पनी कोरोनाका कारण काममा केही ढिलाई हुन पुगेको हो ।
अब यही गतिमा नै काम हुने होर अन्य कुनै अवरोध नभएको खण्डमा सरकाले तोकेको समयमा नै निर्माणको काम सम्पन्न हुने पनी निर्देशक शाक्यले बताउनु भएको छ ।
सुरुङ्ग धादिङको सिस्ने खोलादेखी काठमाण्डौको सतुङ्गगलमा निश्कने छ । सो सुरुङ्ग मार्ग दुई दशमलव पाँच किलो मिटरको हुने छ ।
उक्त सुरुङ्ग मार्ग निर्माण सम्पन्न पछी राजधानी काठमाण्डौं प्रवेशका लागी आउने सवारीका कारण हुने नागढुङ्गको जामको पनी अन्त्य हुने आशा राखिएको छ ।
आयोजना कार्यालयका अनुसार अहिले आयोजनको भौतीक प्रगती पाँच प्रतिशत भई सकेको छ भने अन्य कामको १८ प्रतिशत प्रगती भएको छ ।
विशेष गरी अहिले सुरुङ खन्नुपूर्व गर्नु पर्ने कामलाई तिब्रता दिएको हो । अहिले सुरुङमार्गसम्मको साढे २ किलोमिटर पहुँच मार्ग निर्माण, सर्भिस सेन्टर निर्माण, स्लोप कटिङ र अन्य काम भइरहेको आयोजनाका निर्देशक प्रमुख शाक्यले जानकारी दिनु भएको छ ।
यसै क्रममा धादिङ पट्टी आयोजना निर्माणका समयमा हुन सक्ने बाधा अड्चनहरुलाई समाधानका लागी भन्दै धादिङका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला समन्वय समितीका प्रमुखहरुको टोलीलाई आयोजनाका तर्फबाट आग्रह गर्दै आयोजनाको स्थलगत निरिक्षण पनी गराएको छ ।
सडक सहित पाँच किलोमिटर लम्वाईको सो सुरुङ्ग निर्माणको जिम्मा जापनीज कम्पनी हाजमा एण्डो कर्पोरेसनलाई सरकाले २०।६ अर्वकोलागतमा दिईएको हो ।

प्रतिक्रिया दिनुहोस