नागढुङ्ग–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुनःसुर
Bikaspost 3 August, 2020

धादिङ । कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागी सरकाले गरेको लक डाउनका कारण रोयिको निर्माणधिन नागढुङ्ग–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुनःसुर भएको छ ।
सुरुङ्ग मार्ग निर्माणका लागी सिस्ने खोलाको खाल्टो पुर्ने काम सम्पन्न भई सकेको छ ।
अहिले धादिङतर्फको सिस्ने खोलामा सुरुङ्गमार्ग निर्माणका लागी खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम तिब्र रुपमा भई रहेको छ ।
डे«न निर्माण गरी पानी ब्यवस्थित गर्ने काम अब आर्को महिनासम्मा सम्पन्न हुने निर्माण कम्पनी हजमाले जानकारी दिईएको छ ।

राजधानी प्रवेशका लागी नौविसे–नागढुङ्ग सडक खण्डको सवारी जामको अन्त्य गर्नका लागी सो सुरुङ्ग मार्ग निर्माण सुरु गरियको हो ।
सुरुङ्ग मार्ग ४२ महिनामा सम्पन्न गर्ने भनीएको भए पनी विश्व व्यापी महामारीको रुपमा फैलदै गई रहेको कोरोनाको संक्रमणका कारण केही ढिलाई हुने निर्माणको जिम्मा पाएका निर्माण कम्पनीको भनाई छ ।
सरकारले गौरवको आयोजनाहरु मध्य एक मानियको नागढुङ्ग सिस्ने खोला सुरुङ्ग मार्ग दुई दशमलव ६८ किलो मिटर लम्वाईको हुनेछ ।
सडक सहित पाँच किलोमिटर लम्वाईको सो सुरुङ्ग निर्माणको जिम्मा जापनीज कम्पनी हाजमा एण्डो कर्पोरेसनलाई सरकाले २२ अर्वाकोलागतमा दिईएको हो ।