X (current)

नेपाली काँग्रेसको तर्फबाट नीलकण्ठ नगरपालीकाको वडा नम्वर– ३ मा वडा अध्यक्ष पदको उम्मेदवार बन्न ईच्छुक १३ आकांक्षीहरु मध्य चर्चामा चार जना

  Bikaspost   3 April, 2022


धादिङ । आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस धादिङले जिल्लाका सबै स्थानीय तहहरुमा दावेदार उम्मेदवारहरुको नाम संकलन गर्न सुरु गरेको छ । आजदेखी जिल्लाका सबै जसो स्थानीय तहहरुमा यसको सुवात गरेको हो । यस अन्तरगत जिल्लाको सबै भन्दा जेठो नगरपालीका निलकण्ठ नगरपालीकाले आफ्नो सबै वडाहरुमा आगामी निर्वाचनका लागी दावी गर्ने उमेदवारहरुको नाम संकलन गरीसकेको जनाएको छ । यसरी पार्टिमा संकलन गरेको नामको अन्तिम टुङ्गो भने भोलीसम्म लाग्ने श्रोतले जनाएको छ । उम्मेदवार बन्न आकांक्षीहरुको नाम संकलन गर्ने क्रममा नीलकण्ठ नगरपालिका वडा नं ३ अहिले निकै चर्चको विषय बनेको छ । यस वडामा एक जना महिला सहित १३ जनाले वडा अध्यक्षको पदको उम्मेदवार हुने दावी पेस गरेका छन् , भने खुल्ला सदस्यका लागि १६ जना, खुल्ला महिला सदस्यमा ५ जना र दलित तर्फ २ जनाले आफुहरु उम्मेदवार बन्न ईच्छुक भएको भन्दै वडामा दावी गरी पार्टीमा नाम पेश गरेका छन् ।  नगरपालीका स्थित वडा नम्वर ३ मा रामकृष्ण अधिकारी,ध्रुव प्रसाद रिजाल,मनराज गोदार,चिनीमायाँ श्रेष्ठ,इश्वर अर्याल,राजकुमार श्रेष्ठ,प्रविण कुमार, श्रेष्ठ,गोपी कृष्ण भण्डारी,रमेश कार्की,तुलसी तिमल्सिना ,ऋषि कुमार श्रेष्ठ, रेशम थापा, र होमनाथ रिजालले दावी पेश गरेका छन् । ति मध्य उमेदवारको विषेस चर्चा भने राजकुमार श्रोष्ठ (डाँडा घरे ),गोपिकृष्ण भण्डारी, महिला दावेदार चिनि माया श्रेष्ठ र वर्तमान अध्यक्ष होमनाथ रिजालकै रहेको छ । वडा समितिले सबै दावेदार उम्मेदवारहरुको नाम पालिका कार्य समितिमा पठाउने छ । राय सुझाव सहित पालिकाले पठाएको नाम मध्यबाट क्षेत्रिय संसदीय बोर्डले उम्मेदवारको टुङ्गो लगाउने कांग्रेको निर्वाचन कार्यविधिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस