X (current)

नीलकण्ठ नगरपालीकाको वडा नं–७ तिर्खा मुक्त वडा बन्दै

  Bikaspost   25 May, 2019


धादिङ । पिउने पानीको चरम समस्या भोग्दै आएका धादिङ  निवास्वाँराका स्थानीयहरु अब सो समस्याबाट मुक्त भएका छन् । 
नीलकण्ठ नगरपालीका को वडा–नं ७लाई तिर्खा मुक्त वडा बनाउने लक्ष्यका साथ सुरु गरिएको खाने पानी योजना सफल भएसंगै त्याहाँका स्थानीयहरुका लागी पिउने पानीको समस्या मुक्त भएको हो ।
एक गाग्री पानीका लागी घण्टौ खोला र खोल्सामा धाउनु पर्ने वर्षातको समयमा धमीलो पानी पिउनु पर्ने बाध्यता हटे पछी  त्यहाँका स्थानीयहरु खुसी समेत भएका छन् ।
सिस्नेरीको जंगलबाट सात किलोमिटर टाढाको गाउँसम्म पिउने पानी ल्याई वितरण गर्नका लागी दुई ओटा रिर्जभायर ट्याङ्की निर्माण सम्पन्न गरी पानी संकलन सुरु गरिसकेको छ । 
नीलकण्ठ नगरपालीका स्थिात ७ नम्वर ओडाको करिव ३३ लाखको आर्थिक सहयोगमा पिउने पानीको ब्यवस्था गर्न लागीएको हो ।
अब गाउँका प्रत्येक घरमा धारा नीर्माण गरी पानी वितरण सुरु गरेको छ ।
पहिलो चरणमा एक सय ३२ घर धुरीका लागी स्वच्छ सफा पिउने पानीको धारो प्रत्येक स्थानीयहरुको घरमा पु¥र्याउने लक्ष्य रहेको वडा अध्यक्ष गौतम अधिकारीको भनाई छ ।
गाउँमा पानीको धारो घर घरमा नै भए पनी पानी लिनका लागी जान आउने समयको बचत हुनुका साथै स्वास्थय र सरसफईका लागी समेत सहज हुने स्थानीयहरुको उपभोक्ताको भनाई छ । 
नगरपालीकाको सो वडा पिउने पानीको लामो समयदेखी समस्या भएको र भुकम्प पछी त पिउने पानीको मुल नै धसियर हराय पछी वडाले अन्य विकास निर्माण भन्दा पहिले पानीको आवाश्यकता परिपुर्तीका लागी यस्तो कदम चालेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस