नीलकण्ठ नगरपालीकामा मेयर र उप–मेरमा काँग्रेसकै कार्यकर्ताले दियो स्वतन्त्र उमेद्वारी ,राजकुमार श्रेष्ठ (डाँडा घरे)ले वडा नम्वर –३ को वडा अध्यक्षमा स्वतान्त्र उमेद्वारको मनोनयन दर्ता
Bikaspost 25 April, 2022
धादिङ । आसन्न स्थानीय तहको निर्वाचनको मिती नजिकिदै जाँदा धादिङमा गुटीय राजनीतीको प्रभाव निकै बड्दो छ । सत्ता साझेदारी दलहरु विच गठबन्धन गर्ने तर जनताले चाहे अनुसारको उमेद्वारलाई दलहरुले चुनावमा उठाउने भनेको भए पनी जिल्ला तहमा भने गुटको प्रभाव निकै देखा परेको हो । यसको प्रभाव अधिकाम्स स्थानीय तहमा नेपाली काँग्रेस पार्टीमा देखा परेको छ । यसै विच जिल्लाको जेठोे नगरपालीका नीलकण्ठ नगरपालीकाका मेयर उप–मेयर र विभिन्न वडामा वडा अध्यक्ष पदका लागी नेपाली काँग्रेसका विरुद्ध काँग्रेसका कार्यकर्ताहरुले नै स्वतन्त्र रुपमा उमेद्वारी दर्ता गराएका छन् । नगरपालीकाको मेयर पदका लागी सत्ता साझेदारी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका शेर वहादुर देउवा प्यानलको भिम प्रसाद ढुङ्गाले र उप–मेयर पदका लागी नेकपा माओवादी केन्द्रका दिपक विश्वकर्माले मनोनयन दर्ता गराएसंगै सो विरुद्धमा काँग्रेस निकटका कार्यकर्ताहरुले आफ्नो मनोनयन यि दुबै पदमा दर्ता गराएको हो । यसै गरी नीलकण्ठ नगरपालीकामा नेपाली काँग्रेसकै भवननाथ अधिकारीले मेयर र कल्पना अधिकारीले उपमेयरमा आफ्नो स्वतन्त्र उमेद्वारी मनोनयन दर्ता गराएका छन् । नगरपालीका स्थित वडा नं–३मा वडा अध्यक्ष पदका लागी राजकुमार श्रेष्ठले स्वतन्त्र उमेद्वारीको मनोनयन दर्ता गराएको हो । नेपाली काँग्रेस पार्टीको तर्फबाट भने गोपी भण्डारीले वडा नम्वर –३को अध्यक्ष पदमा मनोनयन दर्ता गराएको छ । नेपालीका काँग्रेसको तर्फबाट वडा नं ३को वडा अध्यक्ष पदको दावेदार श्रेष्ठलाई पार्टीले आश्वसन मात्र दिएको टिकट भने नदिएको भन्दै स्थानीय धादिङबासीको माग अनुरुप स्वतन्त्र उमेद्वारी मनोनयन दर्ता गराएको बताएको छ । यसै गरी वडा नं–८,१२ र ७ मा पनी नेपाली काँग्रेस विरुद्ध काँग्रेसले नै उमेद्वारी दर्ता गराएको छ ।