X (current)

नीलकण्ठ नगरपालीकाले पर्यटन विकासमा विषेस जोड दिने, शताब्दिऔ पुराना मठ मन्दिरको संरक्षण गर्ने

  Bikaspost   11 January, 2020


धादिङ । पर्यटन वर्ष सुरु भएसंगै धादिङको नीलकण्ठ नगरपालीका क्षेत्रलाई धार्मी पर्यटन क्षेत्रको रुपमा विकास गर्न थालीयको नीलकण्ठ नगरपालीकाले जनाएको छ ।
धादिङ जिल्लाको यस नगरपालीका क्षेत्रमा दुई तिन सय वर्ष पुराना मठ मन्दिर धार्मीक स्थलहरु रहेकोले नगर क्षेत्रलाई धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागीएको हो ।
नीलकण्ठ नगरपालीका धार्मीक र संस्कृतीक रुपमा धनी भएकोले यसको सुरुवात गरेको हो । नेपालको धर्म र संस्कृतीकको अध्ययन अनुसन्धानका लागी पनी पर्यटकहरु धादिङसम्म आउने वाताबरण बन्ने छ ।  
पर्यटकीय सम्भावना बोकेको नगरपालीका क्षेत्रमा पर्यटकहरु भित्र्याउन र पर्यटकहरुको बसाई लम्व्याउनका लागी नगरपालीकाले नै विषेस पहल गरी मौलीक संस्कृतीहरु देखाउनुका साथै संस्कृतीक आदान प्रदान समेत गर्न थालेको छ ।
धादिङ जिल्ला हुदै दैनिक सयौ पर्यटकहरु आवत जावत गर्ने तर जिल्लामा नै बस्ने पर्यटकहरु भने अत्यान्त न्युन हुने भन्दै नगरपालीका आफैले सो कामको सुरुवात गरेको हो ।
पर्यटकको आकर्षणका लागी गुरुङ्ग, तामाङ्ग मगरलगाएतका जात जातीहरुको भेष भुषाको संरक्षण उनिहरुको मौलीक संस्कृतीहरुको जोगेर्नामा पनी नगरपालीका लागेको नीलकण्ठ नगरपालीकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले बताउनु भएको छ ।
नगरपालीकाले अहिले आफ्नो क्षेत्र भित्र रहेका एक सय वर्ष भन्दा पुराना मठ मन्दिरको संरक्षण त्यहाँसम्म पुग्नका लागी सडक लगाएत आवाश्यक पुर्वाधार नीर्माण गरी सकेको पनी प्रमुख ढुङ्गानाले जानकारी दिनु भयो ।


विषेस गरी यस क्षेत्रमा जापान र कोरियाका पर्यटकहरुलाई लक्षित गर्दै उनिहरुसंग गरीने  संस्कृतीक आदान प्रदान पर्यटन वर्षको मु्ख्य उपलब्दी हुने छ । यसो गर्दा नेपालको धार्मी क्षेत्रहरुको पनी प्रचार प्रसार हुने र संस्कृती आदान प्रदान हुनुको साथै ति दुबै देशका पर्यटकहरु अत्याधीक भित्र्याउन सकिने विश्वास रहेको छ । नीलकण्ठ नगरपालीका क्षेत्रमा मात्र पर्यटन वर्ष भरी दुई लाखदेखी पाँचलाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।  

NTV NEWS 8:00 PM || 2076/09/25

NTV NEWS 8:00 PM || 2076/09/25

Posted by Nepal Television on Friday, January 10, 2020
प्रतिक्रिया दिनुहोस