X (current)

नेत्रावती डब्जङ्ग  गाउँपालीकाले अपाङ्गता भएका ब्यत्तिहरुको जिविको पार्जनका लागी सहयोग सुरु

  Bikaspost   12 June, 2023


 

       धादिङ । उत्तरी धादिङको नेत्रावती डब्जङ्ग  गाउँपालीकाले आफ्नो स्थानीय तह भित्रका सबै अपाङ्गता भएका ब्यत्तिहरुको जिविको पार्जनका लागी सहयोग सुरु गरेको छ ।

शारिरिक रुपमा अपाङ्गता भएको तर केही काम गर्न सक्ने खालका ग र घ वर्गाका अपाङ्गता भएका मानिसहरुका लागी स्थानीय तहले माहुरीको घार सहित माहुरी प्रदान गरेको हो ।

उनिहरुलाई माहुरी पालन सम्वन्धि तालीम दिई दिर्घकालीन आय आर्जनको बाटो हुने भन्दै स्थानीय तहले सो कामको सुरुवात गरेको हो ।    पहिलो चरणमा विस जनालाई माहुरीपालनको तालिम दिई महुरी  सहितको घार प्रदान गरिएको छ ।

यसरी दिईएको सहयोगबाट अपाङ्गता भएका मानिसहरुको स्थाई आय आर्जनमा सहयोग पुग्ने र जस्ले गर्दा परिवारलगाएत सामाजीक रुपमा पनी उनिजहरु मजवुत भएर जिपय यापन गर्न सक्ने भनाई स्थानीय तहको छ ।

अब यससंगै आफ्नो स्थानीय तहभरीका अपाङ्गता भएका मानिसहरु जस्ले जिविको पार्जनका लागी सामान्य काम गर्न सक्छ त्यस्ता ब्यक्ति सबैलाई आवाश्यकता र माग अनुसारको सहयोग स्थानीय तहले गर्ने पनी गाउँपालीकाले जानकारी दिईएको छ ।

अहिले प्रदान गरेको सहयोग निकै उपलब्धी पुर्ण हुने आफुहरुलाई यसले आर्थिक आम्दानीका लागी समेत सहयोग पुग्ने अपाङ्गता भएका  लाभग्राहीको भनाई छ ।

उनिहरुलाई शारिरिक रुपमा अपाङ्गता भएकै कारण समाजमा र परिवारमा समेत अपहेलित भएर बस्नु पर्नेमा  भने आफुहरुले नै आर्थिक आम्दानी गरी आत्मा निर्भर हुने भनाई उनिहरुको छ ।

 

 

प्रतिक्रिया दिनुहोस