X (current)

नेपालकै पहिलो भनी दावी गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अन्तर्गत धादिङतर्फको निर्माण कार्य सुरु तोकिएकै समयमा सम्पन्न गर्ने

  Bikaspost   9 March, 2020


धादिङ । जग्गा अधिकरण विवादले विगत दुई महिनादेखि सुरु हुन नसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अन्तर्गत धादिङतर्फको निर्माण कार्य  सुरु भएको छ  ।
आयोजनाले जग्गा अधिकरण गर्ने क्रममा श्री ५को वायुगुठीको जग्गामा विवाद भए पछि काम रोकिएको थियो ।
स्थानीयको विरोधका कारण आयोजनाले मुआब्जा वितरण गरिसकेको १७ रोपनी जमिनमा समेत निर्माण कार्य सुरु हुन सकेको थिएन ।
सुरुङ्गको पहिलो चरणमा सिस्ने खोलाको खाल्डो भएको भाग पुुर्ने काम भैरहेको छ ।
आयोजनाले सुरुङमार्गका लागि धादिङतर्फ ४४ र काठमाण्डांैतर्फ दुई सय ६६ रोपनी जमिन अधिग्रहण गर्ने निर्णय गरेको छ ।
सुरुङ्ग मार्गका लागी काठमाडौंतर्फ अधिग्रहण गर्ने भनिएको सबै जमिनको मुआब्जा वितरण भइसके र  धादिङतर्फ भने २७ रोपनी जमिनको अझै  बाकी रहेको आयोजनाले जनाएको छ ।
राजधानी प्रवेसका लागी धादिङमा निर्माण हुन लागेको सूरुङ्ग मार्ग मुलुककै पहिलो भएकोले यस आयोजनाको कुनै पनी काममा मुआब्जा नपाए पनी अबरोध नगर्न धादिङ निर्वाचन क्षेत्र नं–१का संघीय संसद्का सांसद भूमि त्रिपाठी,  धादिङका स्थानीयहरुलाई आग्रह गर्नु भएको छ ।
मुआब्जाको विषयमा लिन बाँकी हुने स्थानीयहरुलाई पनी सरकारले तत्काल दिने निर्णय गर्ने पनी उहाँले बताउनु भएको छ ।
अधिग्रहण गर्ने भनिएको श्री ५को वायु गुठिको जमिनमा बसोबास गरिरहेका स्थानीयले सरकारले दिने भनेको मुआब्जाको पूरै रकम पाउनु पर्ने माग गरिरहेका छन ्।
तर कानुनले गुठीको जमिन उपभोग गरिरहेकालाई मुआब्जा दिँदा कुल रकमको ३३ प्रतिशत दिने व्यवस्था गरेको छ ।
विद्यमान कानुनले व्यवस्था गरेको भन्दा बढी रकम स्थानीयलाई दिन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ ।
धादिङतर्फको जग्गाका लागि प्रतिआना सात लाख ७० हजारदेखि नौ लाख ९० हजार रुपैयँ सम्म तोकिएको छ । भने काठमाडौं तर्फको जग्गाको मुआब्जा प्रतिआना नौ लाखदेखि ४२ लाख रुपैयँसम्म दिइएको छ ।


काठमाडौंतर्फ १३ पक्की घर ४० वटा टहरा भत्काउन मुआब्जा दिइएको छ । आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । अहिलेसम्म पँच अर्ब रुपैयँ मुआब्जा दिइसकेको आयोजनाले जनाईएको छ । निर्माणाधीन सुरुङमार्ग सडकतर्फ नेपालकै पहिलो हो । सुरुङ्ग मार्ग निर्माणसम्पन्न भएसंगै राजधानी प्रवेशका क्रममा हुने सवारी जामको समस्या पनी हट्ने विश्वास रहेको छ ।  

प्रतिक्रिया दिनुहोस