X (current)

नौविसे नगाढुङ्गा सडक खण्ड अन्तरगत पर्ने तिन ठुला धुम्तीहरु काट्ने काम सम्पन्न

  Bikaspost   1 May, 2020


धादिङ ।  त्रिभुवन राजपथको नौविसे नगाढुङ्गा सडक खण्ड अन्तरगत पर्ने तिन ठुला  धुम्तीहरु काट्ने काम सम्पन्न भएकोे छ ।
सान–ठुला गरी पाँच ओटा साँघुरा घुम्तिहरु काटिङ्ग गरी सडक फराकिलो बनाउन लागीएको हो ।
यससंगै हरेक समय सडकको कारण सवारी जाम हुने समस्याको अन्त्य हुने देखिएको छ ।
बड्दो सवारी चाप र साँघुरा सडकका कारण त्रिुभवन राजपथको नागढुङ्ग नौविसे सडक खण्डमा सवारी विग्रने  जाम हुने समस्याका कारण सो राजमार्ग भएर यात्रा गर्ने हजारौ यात्रुहरुले दुख झेल्दै आएका थिए ।
राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने प्रमुख नाका नागढुङ्ग नौविसे सडक खण्डको सवारी चाप लाई मध्य नजर राख्दै लक डाउनको समयमा सडकको घुम्तिी काटिङ्ग गरी सडक चौडा बनाउने काम गरेको हो ।
लक डाउनका कारण सवारी चाप नभएकाले गर्दा काममा अत्यान्त सहज भएको भनाई निर्माण कम्पनीको छ ।
काटिएका घुम्तिहरुको नाला र स्किन वाल निर्माणको काम अब भोलीदेखी सुरु गर्ने  जनाईएको छ ।
अब कटिङ्ग गर्नु पर्ने दुई ओटा घुम्ति सना सान भएकोले अनुकुल मिलायर सो स्थानमा काम गर्ने पनी जनाईएको छ ।
यससंगै नाढुङ्गदेखी नौविसे सम्मको ११ किलोमिटर क्षेत्र भित्र सडक विग्रिएको स्थाहरुमा मर्मत सहित कालो पत्रे गर्ने काम पनी अबको केही दिनमा सुरु गर्ने जनाईएको छ ।
त्रिभुवन राजपथको नौविसे नगाढुङ्ग सडक खण्डको विग्रिएको ठाँउ मर्मत सहित कालो पत्रे र मोडहरु काट्ने कामको जिम्मा ६ करोडमा शिभाको  प्रष्ठिा निर्माण सेवाले संयुक्त रुपमा लिएको हो ।
कोरोना अर्थात् कोभिड १९को रोकथाम र संक्रमण फैलन नदिनका लागी सामाजीक दुरी कायम राखी सडक निर्माणको काम  गरिएको छ ।   

प्रतिक्रिया दिनुहोस