X (current)

पर्यटन प्रवद्धनका लागी धादिङ स्थित ज्वालामुखी गाउँपालीकामा पहिलो पटक होम स्टे संञ्चालनमा

  Bikaspost   29 January, 2020


धादिङ । पर्यटन प्रवद्धनका लागी धादिङ स्थित ज्वालामुखी गाउँपालीकाको भदुवारमा पहिलो पटक होम स्टे संञ्चालनमा ल्याएको छ ।
पर्यटन वर्ष २०२०को अवसर पारी  पर्यटकहरुको आवागमन बढाई ग्रामिण क्षेत्रमा बसोवास गर्ने मानिसहरुको आर्थीक अवस्था सुधारका लागी होम स्टे सुरु गरेको हो ।
स्थानीय कला संस्कृतीको जगेर्ना गरी पर्यटन प्रवद्र्धन गर्नुका साथै धादिङ आउने पर्यटकहरको सुविधानका लागी होम स्टे संञ्चालन गरिएको संञ्चालकहरको भनाई छ ।
खरी गाउँको भदुवारमा अहिले चालीस जना पर्यटकहरुका लागी बसोवास गर्न मिल्ने गरी पन्द्र ओटा घरहरुमा होम स्टे संञ्चालनमा ल्याईएको छ ।  

NTV NEWSLINE || 2076/10/15

NTV NEWSLINE || 2076/10/15

Posted by Nepal Television on Wednesday, January 29, 2020


ज्वालमुखी गाउँपालीकाको खरी गाँउमा पर्ने भादुवारमा अधिकाम्स मगर समुदायको मानिसहरुको बसोवास रहेकोले मगर संस्कृती, भेष भुषाको र रितिरिवाजको अध्ययन, अनुसन्धानका लागी आन्तरीक एवं बाह्य पर्यटकहरु भित्राउने यसको मुख्य लक्ष्य रहेको छ ।
धादिङ जिल्लामा भुकम्प भन्दा पहिले पर्यटकहरुका लागी आउदा जाँदा बस्ने होम स्टेहरु संञ्चालन भएको भए पनी भुकम्प पश्चात  ति सबै  बन्द भएका थिए  ।
अहिले गाउँ पर्यटनको विकासका लागी गाउँपालीकाकै सक्रियतामा सुरु गरेको हो ।
स्थानीय उत्पादन, स्थानीय स्वादका खाना  भादुवार होम स्टेको मुख्य आकर्षण रहने छ ।
खरीको भादुवारबाट देखिने हिम श्रृखला र त्यहाँ भएका ऐतिहाँसिक स्थलहरुको घुम्न आउने पर्यटकहरुका लागी यो अत्यान्त उपयोगी हुने भनाई संञ्चालकहरुको छ ।
यसका साथै भुकम्प पश्चाल लोप भई सकेका ढुङ्गाका छाना भएका दुई पाखे घरको संरक्षण समेत यहाँ सुरु  गर्ने भएको छ ।
पर्यटकहरुका लगाी र भावी पुस्ताका लागी यस्ता घर आकर्षणको केन्द्र समेत बन्न सक्ने पक्का छ ।

प्रतिक्रिया दिनुहोस