X (current)

पशु धन सुरक्षाका लागी धादिङमा पशु विमा प्रभावकारी बन्दै

  Bikaspost   22 October, 2019


धादिङ । पशु धन सुरक्षाका लागी धादिङमा पशु विमा कार्यक्रम प्रभावकारी बन्दै जान थालेको छ ।
विमा कम्पनीहरुले किसानहरुले पालेका पशु चौपायाहरुको विमा गर्न थालेसंगै धादिङका ग्रामिण क्षेत्रमा किसानहरु ब्यवसायीक पशु पालनका लागी तम्सीयका छन् ।
विषेस गरी खसी बाख्रामा र भैसी पालनका लागी किसनाहरु अग्रसर हुन थालेका हुन् ।
भैसी र बाख्राहरुको विमा गरिसके पछी साना किसान शहकारीमार्फत प्रत्येक किसानहरुलाई भैसी र बाख्र ब्याएको खण्डमा सुत्केरी भत्ता समेत दिन थाले पछी किसानहरु झनै पशु पालन तर्फ आकर्षीत भएका हुन् ।
पशु विमाका लागी सरकराले  पचहत्तर प्रतिशत रकम बेहोर्ने र पशुपालक किसानले २५ प्रतिशत मात्र विमाको रकम तिर्नु पर्ने छ ।
अझै धादिङका केही स्थानीय निकायहरुमा त पशु विमा गरे वापतको रकम पनी किसानहरुले जम्मा पाँच प्रतिशत मात्र तिरे हुने ब्यवस्था गरेको छ ।
निर्वाहामुखी पशु पालन गर्दै आएका किसानहरुलाई ब्यवसायीक पशु पालनतर्फ आकर्षण गरी ग्रामिण किसानहरुलाई आत्मान निर्भर बननाउने उद्देश्यका साथ स्थानीय तहहरुले किसानहरुलाई सहुलीयत दिईएको हो ।   पहिले आफुले पालेका पशु बस्तुहरु रोगलागएत विभिन्न बकारण बस मरेको खण्डमा आफैले नोक्सानी बेहोर्नु परेका किसानहरु अब भने ढुक्क भएको बताउन् ।
किसानहरु आब आफुलाई नोक्सानी नहुने भन्दै खुसी समेत छन् । जिल्लामा पहिले पहिले पशु विमा गर्न नमान्ने विमा कम्पनीहरु पनी गाउँ गाउँमा पशु विमाका लागी सक्रिय हुन थालेका छन् ।
यससंगै अब पशुपालन गर्ने किसानहरुको संख्यामा पनी मासिक रुपमा थपिदै जाने विश्वास रहेको छ ।


ब्यवसायी पशु पालन गर्ने किसानहरुका लागी अब सरकारी र विभिन्न गैर सरकारी संस्थाहरुले आर्थिक भौतीक एवं प्रविधिक सहयोग समेत गर्न थालेका छन् ।
हाल धादिङको शिद्धलेक गाउँपालीमा मात्र सात सय भन्दा धेरै घर परिवारका किसानहरुले ब्यवसायीक पशु पालन सुरु गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस