पशु बस्तुमा देखा परेको लम्पी स्किनको संक्रमण नियन्त्रणका लागी खोअभियान सूरु
Bikaspost 14 June, 2023
धादिङ । मुलुकभरी गाई भैसीमा महामारीकै रुपमा देखा परेको लम्पी स्किन रोग नियन्त्रणका लागी उत्तरी धादिङको नेत्रावती डब्जङ्ग गाउँपालीकाले पशु बस्तुहरुका लागी निःशुल्क खोप कार्य सुरु गरेको छ ।
जिल्लाका सबै स्थानीय तहहरुमा यो रोगको संक्रमण निकै तिब्र रुपमा फैलीए पछी आफ्नो स्थानीय तहमा यसको समयमा नै नियन्त्रण गर्नका लागी खोप लगाउन सुरु गरेको गाउँपालीकाका अध्यक्ष मेगनाथ रिजारको भनाई छ ।
सो गाउँपालीकामा यो रोगको संक्रमणका कारण पच्चिस भन्दा धेरै गाई मरिसकेको र गाउँमा छिटफुट बाहेकका सबै गाईहरुमा लम्पी स्किनको संक्रमण पाईएको छ । भैसीमा भने यसको संक्रमण खासै नरहेको पशु प्राविधिकहरुको भनाई छ ।
यससंगै पशु स्वास्थ्य कार्याकर्ताहरुको टोलीले पालीका सबै वडामा पुगी पशु बस्तुहरुको तथ्याङ्गक संकलन गर्दै गाई भैसीहरुलाई खोप लागउने कार्य गरेको हो ।
लम्पी सिल्ड नामक खोप यो रोगको संक्रमणबाट पशु बस्तु बचाउनका लागी लम्पी स्किनको संक्रमण नभएका पशु बस्तुहरुलाई मात्रै लगाईएको छ । संक्रमीत पशु बस्तुलाई लगाउदा पशु बस्तु झनै गाह्रो हुने भएकोले स्वास्थ्य पशुलाई मात्रै खोप लागउने प्राविधिकको भनाई छ ।
टोलीले गाउँ गाँउमा पुगी लम्पी स्किन रोगका बारेमा किसानहरुलाई जनचेतान समेत दिदै हिडेका छन् ।
उनिहरुले किसानहरुलाई एकै स्थानमा भेला गराई लम्पी स्किन संक्रमण भएका पशु वस्तुहरुलाई कसरी सिहार गर्ने कसरी राख्ने किसाउनुका साथै औषधी उपचारको विधि समेत बताएका छन् ।
संक्रमीत पशु बस्तुहरुलाई छुट्टै राख्नुका साथै पशु बस्तुहरुलाई साविक भन्दा पोषिले खानेकुराहरु खान दिनु पर्ने कुरा प्रविधिकहरुले सुझाउदै हिडेका छन् ।
संक्रमण देखा नपरेका गाई भैसीलाई लाई सुरक्षित गर्ने उपायका बारेमा समेत किसानहरुको घरघरमा नै पुगी पशु स्वास्थ्य कार्यकर्ताको टोलीले सचेत गाएका छन् । यसो त उनिहरुले गोठ सरसफईका लागी समेत किटनासक औषधी छर्कने र गाई बस्तुहरुको गोठ सुधारका लागी सिकाएका छन् ।
नेत्रावती डब्जङ्ग गाउँपालीकाले जिल्लामा नै पहिले पटक लम्पी स्किन रोगबाट पशु बस्तुहरु जोगाउनका लागी किसानहरुले पालेका पशु बस्तुलाई निःशुल्क खोपाका साथै औषधी किसानहरुको गोठ गोठमा नै पुगी वितरण गरेको हो ।
जिल्लाका सबै स्थानीय तहका किसानले पालेको पशु बस्तुमा यसको संक्रमण विकराल देखिएको छ ।