X (current)

पाँचौं खेलमा सन्दीप विकेट विहीन

  Bikaspost   18 January, 2021


काठमाडौं, माघ ५ २०७७– अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा अहिले होबार्ट हरिकेन्स र सिड्नी थन्डरबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्टले पहिले बलिङ गरिरहेको छ ।

सिड्नीविरुद्ध सन्दीप प्लेईङ-११ मा परेका छन् । सन्दीप लगातार पाँचौं खेलमा प्लेईङमा परेका हुन् ।

तर, पाँचौं खेलमा सन्दीप विकेट विहीन भएका छन् ।

४ ओभर बलिङ गरेका सन्दीपले २८ रन खर्चिए । सन्दीप विकेट लिन भने असफल भएका छन् ।

यस अघि सन्दीपले ४ खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सन्दीपले अघिल्ला ४ खेलमा ४ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस