X (current)

पुल नहुदा वर्षाको समयमा गाँउ नै सम्पर्क विहिन

  Bikaspost   3 December, 2019


धादिङ । झोलुङ्गो पुल नभएका कारण उत्तरी धादिङ स्थित खनियावास गाउँपालीकाको चार ओटा गाउँका स्थानीयहरु वर्षातको समयभरी  सदरमुकामसंग सम्पर्क विहिन हुनु पर्ने बाध्यतामा छन् ।
वर्षातको समयमा करिव चार महिनासम्म झलाङ्र्ग स्थित क्यु, कन्द्रङ्ग,थली र गोरर्गाङ्गका स्थानीयहरु एक गाउँबाट आर्को गाउँमा आवत जावत समेत गर्न सक्दैनन् ।
जस्का कारण त्यहाँका स्थानीयहरुलाई वर्षातका समयमा आफुरुलाई चाहिने दैनिक उपभोग्य बस्तुहरुका लागी समेत समस्या हुने गरेको बताउछन् ।
वर्षातको समयमा नाजेग खोला र फोफोक खोलामा बाडी आउने भएका कारण आवत जावतमा समस्या हुने गरेको क्युङ्गका स्थानीयहरु बताउछन् । ठाडो खहरे खोला भएका कारण तर्न निकै कठिन हुने र ज्यानै जोखिममा हुने स्थानीयहरुको भनाई छ ।  
तिन ओटा खोला मध्य एक ठाँउमा झोलुङ्गे पुल वनी सकेको छ । तर अन्य दुई खोलाहरुमा पुल नभएका कारण त्यहाँका स्थानीयहरु निकै कठिनाईका साथ गाउँमा नै चार महिनासम्म बस्ने  गर्दछन् ।
विरामी पर्दा र दैनिक अत्यावस्यक उपभोग्य बस्तुहरु  सकिदा वर्षातको समयमा गाउँमा ठुलो समस्या पर्ने गरेको भनाई स्थानीयहरुको छ । कुनै समयमा त वर्षत चार महिना त अनिकाल नै लाग्ने बताउछन् ।


  चार गाँउमा करिव ६५ घर धुरी बसोवास रहेका छन् । खनीयाँबास गाउँपालीकाको निकै विकट गाँउ भएकोले आवत जावतमा सहज बन्नका लागी सो गाउँ पुग्न ठाँउ ठाँउमा रहेको खहरे खोलामा झोलुङ्गे पुल बनाई दिनु पर्ने माग सरकारसंग गरेका छन् ।
पुल नै नभएका कारण दार्खाको बृचेत,  र सत्यदेवीसम्म अध्यानका लागी आउने विद्यार्थीहरु समेत रोकिने गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस