पुष्पा र अञ्जली प्राकृतिक बासस्थानमा

Bikaspost 15 May, 2023
चितवन । चितवन सौरहा राष्ट्रिय प्रकृति सरक्षण कोषमा हुर्केका पुष्पा र अञ्जलीलाई प्राकृतिक बासस्थानमा छाडीएको छ । पुष्पा अञ्जली चितवन राष्ट्रिय निकुञ्जमा माउ गैडा बाट छुट्टीएर एक्लो अबस्था भेटिएका दुर्लभ एक सिगे गैडाका टुहुरा बच्चाहरु हुन् ।
ति बच्चाहरु २०७६ र २०७७ सालमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति सरक्षण कोषका प्राबिधिकहरुले जगल बाट ल्याएर औषधी उपचार र स्याहार सुसार गर्दै आएको थियो । ति बच्चाहरु हुर्कदै जाने क्रममा गाउमा जाने र मानबिय क्षति पुरयाउन सम्भाबना भएको हुदा प्राकृतिक बासस्थानमा लगेर छाडीएको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सहायक वार्डेन गणेश प्रशाद तिवारीले बताउनु भयो । पुष्षा ३ बर्ष ४ महिना र अञ्जली २ बर्ष १ महिना उमेरको भएको उहाले बताउनु भयो । उक्त गैडाका बच्चाहरुलाई चितवन राष्ट्रिय निकुञ्जको लामिताल क्षेत्रमा छाडीएको छ । पुष्पा र अञ्जली सौरहामा रहिन्जेल सौरहामा जाने पर्यटकहरु पुष्पा र अञ्जली सग फोटो खिचेर रमाउनुका साथै टिकटक बनाउने गरेका थिए । ति गैडाहरुलाई प्राकृतिक बासस्थानमा बानी नपरे सम्म नियमित अनुगमन गरीने निकुञ्जले जनाएको छ । उक्त गैडाहरुको नियमित अनुगमन वन्यजन्तु उद्दार स्याहार तथा प्रजनन् शाखाले गर्ने छ ।