X (current)

पृथ्वी राजमार्गमा यात्रु बाहक सवारीको भिड यात्रुहरुलाई नागढुङा नाकामा समस्या

  Bikaspost   4 July, 2021


धादिङ । झण्डै दुई महिना पछी राजमार्गमा भाडाका यात्रुबाहक सवारीका साधनहरु पनी गुड्न सुरु ग¥र्यो ।

कोरोना महामारीको संक्रमण नियन्त्रण र रोकथामका लागी सरकाले राजधानीलगाएत देशका विभिन्न भागमा निषेधाज्ञा केही खुकुलो बनाएसंगै राजमार्गमा भाडाका यात्रुबाहक सवारीका साधनहरु पनी गुढ्न सुरु गरेको हो ।

तर यसरी पृथ्वी राजमार्ग हुदै राजधानी प्रवेशका लागी आएका सवारीका साधनहरुले नागढुङ्गा नाकाबाट सहजै उपत्यका प्रवेश गर्न नपाउदा भने यात्रुहरुले निकै सास्ति खोप्नु परेको गुनासो गर्नु भएको छ ।

देशका विभिन्न जिल्लाहरुबाट राजधानी काठमाण्डौ आएका यात्रुहरु अहिले नगाढुङ्ग, खत्री पौवा र पिपला मोडमा नै ओर्लिएर नाका प्रवेश गर्ने गरेको बताउनु हुन्छ ।

यसरी सिधै राजधानी प्रवेश गर्न बाहिरि जिल्लाहरुबाट आएका सवारीका साधनहरुलाई रोक लगाईएका कारण यात्रुहरुले सास्ति पाउने मात्र होईन कोरोना संक्रमणको त्रास पनी उत्तिकै रहेको छ ।

तराई लगाएत विभिन्न जिल्लाहरुबाट आएका मानिसहरुको भिड ति स्थानहरुमा लाग्ने भएकोले गर्दा पनी यस्तो समस्या आउन सक्ने भएको हो ।

यात्रुहरुलाई एका तिर सवारीका साधनहरुले महङ्गो भाडा असुल्ने गरेको छ भने आर्को तिर देशका विभिन्न स्थानहरुबाट राजधानी काठमाण्डौका लागी आएका यात्रुहरुको भिडले यदी कसैमा रोगको संक्रमण भएकोरहेछ भने सार्न सक्ने जोखिम पनी उत्तिकै रहेको छ ।

उपत्यकामा निषेधाज्ञा खुकुलो भएसंगै साविककै जस्तो गरी राजमार्गमा यात्रुबाहक सवारीका साधनहरु चल्न थालेको छ । जस्ले गर्दा सवारी दुर्घटनाको दर समेत राजमार्गमा अहिले उत्तिकै बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस