X (current)

पृथ्वी राजमार्गमा लक डाउन थप कडाई ई–पासबाट पनी सवारी चलाउन नपाउने

  Bikaspost   7 May, 2020


धादिङ ।   पृथ्वी राजमार्ग क्षेत्रमा   ई–पास बाट   विद्युतीय–पास चलेका सवारीका साधनहरुलाई समेत चल्न रोक लागईएको छ ।
सरकाले आवाश्यक कामका लागी आवतजावत गर्न ई–पासको ब्यवस्था गरेको हो । पश्चिम नेपालमा कोरोना भईरसको संक्रमण बढ्दै जना थाले पछी पृथ्वी राजमार्ग हुदै राजधानी भित्रने र बाहिरिने सवारीका साधनहरुलाई धादिङमा प्रहरीले थप कडाई गर्न थालीएको हो  ।
राजधानी भित्रने मुख्य मार्ग पृथ्वी राजमार्गमा दैनिक जसो सवारीका साधनहरुको चाप बढ्दै जना थालेसंगै कडाई गरेको हो ।
राजमार्गमा ई–पास लियर राजधानीतर्फ जाँदै गरेका सबै सवारीका साधनहरुलाई धादिङको खत्रिपौवबाट फर्काईएको छ ।
यसै गरी नागढुङ्गा नाकामा रोकेर राखेका सवारीका सधनहरुलाई पनी गन्तव्यमा पुग्न नपाउदै फकाईएको छ ।
आज नागढुङ्गा नाकाबाट विरामी  र खाद्यान्न बोकेका सवारीका साधनहरु बाहेक कुनै सवारीका साधनहरुलाई पनी राजधानी प्रवेश गर्न दिईएको छैन ।
ईपास दुरपयोग भएको र धेरै जसो मानिसहरु विना काममा पनी ई–पास लिएर राजमार्गमा यात्रा गर्दा रोगको संक्रमण बढ्न सक्ने खतरा भएको भन्दै धादिङको गजुरी, मलेख,जोगिमारा वेनीघाट, गल्छी ,नौविषे,खत्रिपौवा र काठमाण्डौको नागढुङ्गमा कडाई गरी सवारीका साधनहरु फर्काउन थलाीएको प्रहरीले जनाईएको छ ।
धादिङ प्रहरीले आज मात्रै विना  अनुमती राजमार्गमा हिड्दै भिडा भाड गर्ने त्रिपन्न ओटा मोटर साईकलहरुलाई कारवाही गरेको छ ।
यसै गरी सावारीका साधनहरुलाई जवजस्ती नगर्न भन्दै सम्झाई फर्काईएको छ ।
लक डाउनका विच पनी आजकाल विभिन्न प्रयोजनका लागी अनुमती लिएको भन्दै दैनिक जसो पाँच सय सवारीका साधनहरु पृथ्वी राजमार्ग हुदै राजधानी भित्रने र राजधानीबाट बाहिरिन थालेको छ ।
यसरी गुड्ने सवारीका साधनहरु विषेस गरी चार पाङ्ग्रो निजी सवारीका साधनहरु रहेका छन् ।
तराईका जिल्लाहरुमा कोरोनाको संक्रमण देखा पर्दै जानथाले पछी केही दिनदेखी लुकी छिपि राजधानी प्रवेश गर्ने मानिसहरुको संख्यामा पनी बढ्दो छ । 

प्रतिक्रिया दिनुहोस