X (current)

पृथ्वी राजमार्ग जोखिममा सामान्य वर्षामा पनी जलमग्न

  Bikaspost   25 June, 2021


धादिङ । सडक विभागले सडकको नाला ब्यवस्थापनमा गरेको लापरवाहीका कारण पृथ्वी राजमार्गको धेरै जसो स्थानहरुमा पानी परेको वेला सडक जलमग्न हुने गरेको छ ।

जस्ले गर्दा सडक पहिरिने र भत्कनले समस्या निकै आउन थालेको छ ।

विषेस गरी पृथ्वी राजमार्गको मलेखु गजुरी खण्ड र मौवाखोला खण्डमा सडकको अवस्था दयनिय र जोखिम बन्दै गएको छ ।

जथाभावी राजमार्ग भन्दा माथि उत्खनन् गरिएका खानीहरुका कारण पनी सडकको अवस्थामा समस्या आउन थालेको हो ।

वर्षातको समयमा जथाभावी खनीएका शाखा सडकहरु र उत्खनन् गरिएका खानीहरुले गर्दा बगेर आउने गरेको लोदो माटोका कारण सडक दायाँ बाँया खनीएका पानीको नाला पुरिने भएकोले सडकमा पानी बग्ने गरेको हो ।

जस्ले गर्दा पृथ्वी राजमार्गको दर्जनौ स्थानहरुमा सडक भाषीने र विग्रने समस्या मनसुनको सुवातबाटै सुरु भएको छ ।

यसले पृथ्वी राजमार्गभएर राजधानीबाट बाहिरिने र राजधानी भित्रने यात्रुहरुलाई यात्राका क्रममा हैरानी बनाउनुका साथै राजमार्गको यात्रा समेत जोखिम बनाएको छ ।

यस्ता सडकहले गर्दा सडक आसपासमा बसोवास गर्नेहरुलाई समेत समस्या हुने गरेको छ । तर सडक प्रविधिहरुले भने राजमार्गको समस्या आउने स्थानहरुमा तत्काल मर्मत गरिने बताउनु हुन्छ ।

वर्षातको समयमा विग्रिएको सडक समयमा नै मर्मत नहुदा हिउँदमा धुलो र वर्षतमा हिलो ले गर्दा सडक छिमेकीहरुलाई समस्या हुने गरेको बताउनु हुन्छ ।

राष्ट्रिय राजमार्गको अवस्था हरेक समय दयनीय बन्दा समेत सरोकारवाला निकाय मौन बस्ने गरेको छ ।

अहिले राजमार्गका अधिकाम्स सडकहरुको अवस्था वर्षाका कारण सडक भन्दा माथिबाट बगेर आउने गरेको कच्चि सडक र खानहिरुबाट आउने लोदो माटोले गर्दा यस्तै बनेको छ ।

सडककै कारण सवारी दुर्घटनालगाएत सवारीका साधनहरुमा प्रविधिक कठिनाई सकेत उत्पन्न हुने गरेको सवारी चालकहरु बताउनु हुन्छ ।

गत वष वर्षातको समयमा विग्रिएको सकड पनी यस वर्ष निर्माण सम्पन्न नहुदै पुन भत्कीन सुरु भई सकेको छ ।

प्रतिक्रिया दिनुहोस