X (current)

प्रधानमन्त्री रोजगार कार्यक्रममा अधिकाम्स महिला कामदार

  Bikaspost   10 July, 2019


धादिङ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत धादिङका स्थानीय तहहरुले बेरोजगार युवा– युवतीहरुलाई धमा धम विकास निर्माणका काममा लगाउन थालेको छ ।
बेरोजगार युवाहरुका लागी रोजगारीको अवसर दिने उद्देश्यका साथ सरकारले सुरु गरेको यस कार्यक्रम प्रभावकारी भएको तर छोटो समयका लागी मात्र रोजगारी दिदैमा बेरोजगार युवाहरुको समस्या समाधान नहुने सहभागीहरुको भनाई छ ।
सरकारले जिल्लामा मजदुरहरुलाई तोकोको दर रेट अनुसार काम लगाएको भए पनी ज्याला कम भएको गुनासो काममा संलग्नहरुको छ । विषेस गरी धादिङमा प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तरगत प्रत्येक गाउँपालीका र नगरपालीकाबाट बजेट अनुसार छानीयका वडाहरुमा सडक निर्माण र गोरेटो बाटो निर्माणमा रकम खर्च गरी बेरोजगारीहरुका लागी कम्तीमा सात दिन काम दिने ब्यवस्था मिलाईएको वडा अध्यक्षहरुको भनाई छ ।
धेरै जसो स्थानहरुमा यस्ता विकासका काममा महिलाहरुको मात्र सहभागीता जुटेको पनी वडा अध्यक्षहरुले जनाकारी दिनु भएको छ ।
गाउँमा पुरुषहरु नहुनु र भएकाहरु पनी अन्य काम गर्दा धेरै ज्याला पाउने भए पछी यस्ता कार्यक्रममा पुरुष भन्दा महिलाहरुको सहभागीता धेरै भएको हो ।
सरकारले पठाएको यस्ता कार्यक्रमहरु बेरोजगार युवाहरुका लागी अत्यान्त राम्रो भएकोले यसलाई निरन्तरता लिन पनी सहभागीहरुले माग गरेका छन् ।
दुई नगरपालीका र ११ गाउँपालीका सहित १३ स्थानीय तह भएको धादिङ जिल्लामा प्रधान मन्त्रि रोजगार कार्यक्रम प्रभावकारी भएको भनाई नीलकण्ठ नगरपालीका वडा–नं ७का वडा अध्यक्ष गौतमहरी अधिकारीले बताउनु भयो । दैनिक ६ सय ७५ ज्यामा १० बजेदेखी ४ बजेसम्म आफु बेरोजगार भएको सुचिकृत गरायका युवाहरुलाई काम दिईएको हो ।

प्रतिक्रिया दिनुहोस