X (current)

प्रर्दुषण रोक्न पहल शौचालयको सेफ्टि ट्याङ्की नवनाय धुनीवेसी नगरपालीकाले दिने सबै सेवा सुविधा काट्ने

  Bikaspost   21 January, 2020


धादिङ । धुनीवेसी नगरपालीका क्षेत्रमा  संञ्चालीत होटहरुले  शौचालयको सेफ्टि ट्याङ्की नवनाय नगरपालीकाले दिने सबै सेवा सुविधा काट्ने र ब्यवसाय समेत बन्द गराउने चेतावनी  दिएको छ ।  
राजमार्ग क्षेत्रमा संञ्चालीत होटलहरुका कारण धुनीवेसी नगरपालीकाको क्षेत्रका खोला अत्यान्त प्रदुर्षीत भएकाले गर्दा समस्या उत्पन्न भए पछी यस्तो निर्णय गरेको हो ।
पानीका मुहानहरु दैनिक जसो प्रदुर्षीत बन्दै जान थाले पछी पानीबाट लाग्ने रोगको संक्रमण समेत हरेक सिजनमा देखा पर्न थाले पछी नगरपालीकाले सोको नियन्त्रण गर्न यस्तो अभियान सुरु गरेको हो  ।
विषेस गरी राजमार्ग आसपासमा रहेका होटलहरुले जथाभावी फोहर फल्ने शौचालयको ढल सिधै खोलामा फाली दिने गरेका कारण यस्तो समस्या आएको स्थानीयहरुको भनाई छ ।
पानी प्रर्दुषीत भएका कारण त्यस क्षेत्रमा बसोवास गर्ने मानिसहरुमा आंउ पर्ने पखाला लाग्ने र पेट दुख्ने जस्ता समस्या अत्याधिक आउन थालेको भनाई छ ।
उता धुनीवेसी नगरपालीकाका प्रमुख बालकृष्ण आचार्यले भने अब पन्द्र दिन भित्रमा सबै होटल संञ्चालकहरुले ब्यवसाय संञ्चालन गरेको घरमा भएका शौचालयको सेफ्टी ट्याक निर्माण नगरेको पाईएमा   ब्यवसाय समेत खारेज गर्ने बताउनु भएको छ ।
सबै जसो होटलहरुमा  शौचालयको सेप्टी ट्याकिनै नभएको होटल संञ्चालकहरुले बताएका छन् ।
अनुगमनका क्रममा यस्ता निकै   त्रुटीहरु पाईएको बताउनु हुदै अब सामान्य त्रुटीहरु एकहप्तामा सुधार गर्न होटल संञ्चालकहरुलाई चेतावनी समेत नगरपालीकाले दिईएको छ ।
विषेस गरी नौविसे खोलामा सिधै सेफ्टी टंकीको फोहर नफाल्न भन्दै आफ्नो घरबाट र आफुले संञ्चालन गरेको ब्यवसायबाट निष्कीयका फोहरु जन्य बस्तु निश्ति स्थानमा संकलन गरेर राख्न आग्रह समेत प्रमुख  आचार्यले गर्नु भएको छ ।


नौविसे बजारमा मात्र करिव एक सय होटहरु संञ्चालन हुदै आएका छन् । ति सबै होटहरुको फोहर ब्यवस्थापना अत्यान्त अव्यबस्ति रहेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस