X (current)

प्राङ्गारीक तरकारीको बजार राम्रो किसानहरुलाई विषादी रहित तरकारी उत्पादनमा जोड

  Bikaspost   13 December, 2019


धादिङ । विषादी रहित कृषि उत्पादनमा जोड दिएसंगै धादिङका किसानहरु प्राङ्गारीक खेती तिर लागेका छन् ।
विषेस गरी तरकारी उत्पादक किसानहरुलाई यस तिर प्रोत्साहीत गर्न थालीएको हो ।
कृषि ज्ञान केन्द्र धादिङले विषादी रहित तरकारी खेती गर्ने किसानहरुका लागी विषेस कार्यक्रम सहित प्राङ्गारीक उत्पादनका लागी प्राविधिहरु समेत हस्तान्तरण गरीएको जानईएको छ ।
किसानहरुले उत्पादन गरेको तरकारी खान योग्य मानव स्वास्थका लागी हानी  रहित हुने गरी उत्पादन गर्नु पर्ने सुझाव कृषी ज्ञान केन्द्र धादिङले दिईएको छ ।
यदी विषादी प्रयोग गर्नै परेको खण्डमा अत्यान्त न्युन र विषदी राखेको कति दिनसम्म उत्पादन टिप्न दनहुने समयसिमा हेरेर सुरक्षित किसिमको  मात्र प्रयोग गर्नु पर्ने सुझाव दिईएको छ ।
प्राङ्गारीक खेती गरी उत्पादन गरिएको तरकारी जन्य बस्तुहरुको मुल्य पनी अरुको राम्रो  आउने भए पछी  किसानहरुले यस्तो खेती गर्न थालेका हुन् ।
उत्पादन कम नै भए  पनी प्राङ्गारीक उत्पादनको बजार राम्रो पउने र मुल्य धेरै आउने  ज्ञान केन्द्रले जनाईएको छ ।
यसै गरी पहिलेको जस्तो बजारको अभाव पनी नहुने भन्दै उपभोक्ताहरु अहिले सजग भएकाले गर्दा विषादी रहित तरकारी उत्पादन सुरु गर्नु पर्नेमा केन्द्रले जेडा दिएको हो ।
किसानहरुका अनुसार एक्लै किसानले यो विधि अपनायर खेती नगरी सामुहीक गर्दा उत्पादनले बजार पनी पाउने र किसानहरुलाई आम्दानी पनी राम्रो हुने बताउछन् ।


जिल्लाका मुख्य तरकारीको पकेट क्षेत्रको रुपमा मानिएको बेनीघाट,महदेववेसी,धार्के केवलपुर, गोगनपानी लगाएतका स्थानहरुबाट प्राङ्गारीक तरकारी उत्पादनको सुरुवात गरेको छ । यस्ता क्षेत्रहरुमा एक्ले भन्दा पनी सामुहीक खेती गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस