X (current)

फुल खेती सबै जासो नोक्सानी हुने भए पनी किसान भने खुशी

  Bikaspost   13 May, 2020


धादिङ । सरकाले कारोना भाईरस आर्थात् कोभिड–१९को  रोकथाम र नियन्त्रणका लागी गरेको लक डाउनका कारण अन्या क्षेत्रका ब्यवसायीहरुले घाटा बेहोर्नु परे जस्तै  फुल खेतीमा पनी त्यस्तै घाटा बेहोर्नु  परेको छ ।

                फुलले आम्दानी दिन सुरु गर्ने समयमा कोरोनाको संक्रमणका कारण लक डाउन सुरु भए पछी बारी भरीका फुल त्यसै फुलेर खेर गएको छ ।     विभिन्न सभा समाहारोलगाएत शुभकार्याहरुमा प्रयोगमा आउने फुल सरकाले  सार्वाजनीक कार्यक्रमहरु गर्न रोक लगाएसंगै विक्रि नभएको हो । राम्रो बजार पाउने फुल अहिले त्यसै खेर गएको छ ।

                 करिव दश रोपनी क्षेत्रफलमा सत्तरी हजार विरुवा रोपेर गरेको फुलको बारीमा  किसानहरुको   अहिले २७ हजारको ओटा बोटमा फुल विक्रिका लागी योग्य भई सकेको छ ।

                तर लामो लक डाउनका कारण बजार पु¥र्याउन नसक्दा ति फुलहरु सबै फुलेर विक्रि गर्न नमिल्ने अवस्थामा पुगी ओईलाउन थाली सकेको छ ।

                                 धादिङको शिद्धलेक गाउँपालीका स्थित पिपल टारमा गरिएको ब्यवसायीक फुल खेती सबै जासो नोक्सानी हुने भए पनी किसान आफु भने खुशी भएको  बताउछन् ।

                एउटै किसानको बारीमा   ग्लेडियस जातका २७ हजारदेखी तिस हजार गोटा फुलका स्टिकहरु बगैचामा नै फुलेर नष्ट भएको हो ।

                प्रति स्टिक दश रुपैयादेखी पन्द्र रुपैयासम्म बारीबाटै विक्रि हुने गरेको फुल खेती गर्ने किसानको भनाई छ ।

                एउटै किसानले अहिले फुल प्रति महिना तिनदेखी पाँच लाख नोक्सानी बेहोर्नु परेको छ ।

                 किसानले फुल खेतीको सुरुवातका क्रममा दुई लाखदेखी दश लखासम्म लगानी गरेका छन् ।

                 जिल्लाभर तिन सय किसानहरुले ब्यवसायीक फुल खेती गरी जिविको धान्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस