X (current)

फौजी किराको प्रकोप मकै बाली नष्ट

  Bikaspost   25 May, 2020


धादिङ । यस वर्ष धादिङका किसानहरुले लगाएको मकै बालीमा फौजी किराको प्रकोप नराम्ररी फैलीएको  छ ।

                 किराको प्रकोपका कारण मकै बाली नै सखाप भएको बताउदै कति पय किसानहरुले त यस वर्ष दोहोरो मकै छरेको बताएका छन् ।

                किराले मकैको बोट नै काटेर नष्ट पारिदिएको छ । जिल्लाका सबै जसो क्षेत्रमा मकै बालीमा देखिएको यो किराको प्रकोप नियन्त्रणका लागी स्थानीयहरुले ज्ञान केन्द्र धादिङसंग आग्रह समेत गरेको छ ।

                पटक पटक औषधी राख्दा पनी किरा नियन्त्रणमा आउन नसकेको र झनै बृद्धि भएको स्थानीय किसानहरुको भनाई छ ।

                 गोड्ने बेला भएको मकैको गुभो सबै काटेर खाई दिएको  छ । रात र विहानको समयमा यो किरा बारीमा देखा पर्ने गरेको  किसानहरुको भनाई छ ।

                कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागी गरेको लक डाउनका कारण समस्यामा पर्दै आएका धादिङका किसानहरुले यस वर्ष मकै बाली मा रोगको प्रकोप देखिए पछी अन्न बाली नै कम उब्जनी हुने भन्दै खाद्यान्न संकट आउन सक्ने अड्कल गरेका छन् ।

                कोरोना आर्थात कोभिड १९को संक्रमण विश्व व्यापी महामारीकै रुपमा फैलदै गई रहेको र यसको नियन्त्रण गर्न निकै लामो समय लाग्ने अनुमान गर्दै आफ्नै उब्जनीले अवका दिनहरुमा खाद्यान्न संकट पुरा गर्ने उदेश्यका साथ सबैले खोती पाती सुरु गरेका थिए ।

                 निकै लामो समयदेखी बाँझो वसेका जमीनमा समेत खोतीको सुरुवात गरेको तर बाली राम्रो नभए पछी समस्या आएको बताएका छन् ।

                 मकै खोती गरेको क्षेत्रफलको हिसावमा म जिल्लाको पहिलो वली हो । यस वर्ष धादिङमा विस हजार हेक्टर जमीनमा मकै खेती गरिएको कृषी ज्ञान केन्द्र धादिङले जनाकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस