X (current)

बजार क्षेत्र भित्र ब्यवस्थित सडक यात्राका लागी सडक पेटी निर्माण

  Bikaspost   5 February, 2020


धादिङ । नीलकण्ठ नगरपालीकाको बजार क्षेत्र भित्र ब्यवस्थित सडक यात्राका लागी सडक पेटी निर्माण सुरु गरेको छ ।
पछिल्लो समय सवारी साधनहरुका साथै बड्दो पैदल यात्रीहरुको चापका कारण हुने सवारी दुर्घटना न्युनीकरण र बजार क्षेत्र स्वाच्छ सफा ब्यवस्थित राख्नका लागी सडक पेटी निर्माण सुरु गरेको हो ।
नीलकण्ठ नगरपालीकाको करिव एक करोड लगानीमा  टोल सुधार समिती धादिङले सो कामको  सुरुवात गरेको टोल सुधार महा समितीका अध्यक्ष नरबहादुर श्रेष्टले बताउनु भएको छ ।
अब सबै टोलका सडकहरुमा ब्यवस्थित सडक पेटी निर्माण गर्ने पनी उहाँले बताउनु भएको छ ।
यसरी सडक पेटी निर्माण गर्दा बजारको सौन्दर्यनै राम्रो  देखिएको  स्थानीयहरुको भनाई छ ।
सडक पेटी निर्माण गरीसके लगत्तै  सडकको दायाँ बाँया बार लगाउने पैदल यात्रीहरु हिड्न ब्यवस्थित गर्ने सवारी पार्किङ्गको ब्यवस्था गर्ने पनी नगरपालीकाले जनाएको छ ।


पहिलो चरणमा करिव दुई किलो मिटर बजार क्षेत्रका मुख्य ब्यापारीक क्षेत्रमा पर्ने  सडकको पेटी निर्माण गरी पैदल यात्रीहरुका लागी आवतजावत गर्ने ब्यवस्थित टे«ल निर्माण गर्ने लागीएको हो ।
सो सडकमा फुटपात निर्माण पछी लगत्तै सात ओटा टोलमा सडक पेटी निर्माण सुरु गर्ने छ ।
यससंगै धादिङ बजारमा हुने सवारी जामको समस्या समाधान हुने विश्वास नगरपालीकाले लिएको छ ।   

प्रतिक्रिया दिनुहोस