X (current)

बट्टाई पालनमा धादिङका किसानहरु अकर्षीत

  Bikaspost   10 October, 2019


धादिङ । कुखुराको अण्डा र मासु विक्रीमा विचौलीयाहरुका कारण घाटा बेहोर्नु  परे  पछी धादिङका  किसानले कुखुरा पाल्न छाडेर बट्टाई पाल्न सुरु गरेका छन् ।
मासुर अण्डाका लागी कुखुरा पाल्न भन्दा सजिलो थोरै मिहिनेतमा पाल्ने सकिने भन्दै अहिले निकै किसानहरु यो ब्यवसायतीर लागेका हुन् । कम खर्चमा थोरै जमीनमा सानो खोर बनाई निकै संख्यामा पाल्न सकिने यो ब्यवसायबाट सजिलै मासिक पचास साठी हजार आम्दानी लिन सकिने किसानहरुको भनाई छ ।
बट्टाईको अण्डा सजिलै दश रुपेयामा विक्रि हुने प्रति गोटा माउँ चराको तिन सय पचासमा विक्रि हुने किसानको भनाई छ । यो मासु र अण्डाका लागी पालीएका कुखुराको भन्दा राम्रो मुल्य भएको उनिहरु बताउछन्  ।
कुखुरा पालेका किसानहरुले पनी विकासे प्रजातीका कुखुरा छाडेर थोरैको संख्यामा लोकल प्रजातीको मात्र पाल्न थालेका छन् ।
अहिलेसम्म विचौलीयाहरुको बट्टाई विक्रिमा आँखा नपुगेको र थोरै उत्पादन हुने भएकोले स्थानीय बजारमा नै विक्रि हुने गरेको किासानको भनाई छ ।
कुखुरालाई जस्तो किनेको दाना नचाअहीने स्थानीय रुपमा नै पाईने धान मकै कोदो लगाएतका चारो खुवाई  पाल्न सकिने यो बाट्टाचई चराको माग बजारमा अत्याधीक छ ।
विषेस गरी यसको मासु र अण्डा पौष्टिक हुने र जाडो महिनामा बृद्ध–बृद्धा बालवालीकाहरुका लागी अत्यान्त राम्रो मानिन्छ ।


यसको अण्डा र मासु उमेर अनुसारको तौल नभएका  बालवालीकाहरुलाई खुवाउदा लागी तौल बढ्ने र दमलगाएत अन्य श्वास प्रश्वास सम्वन्धि रोग भएका मानिसहरुले खाँदा पनी अत्यान्त फाईदा जनक   मानिने भए पछी बजारमा यसको माग बढेको हो । 

प्रतिक्रिया दिनुहोस