X (current)

बन्दा बन्दिका कारण ओरालो लाग्दै गएको पोल्ट्री ब्यवसाय पुन पहिलोको अबस्थामा फर्कन सुरु

  Bikaspost   16 July, 2020


धादिङ । कोरोना भाईरसको रोकथमा र नियनत्रणका लागी  सरकाले गरेको कडा बन्दा बन्दिका कारण ओरालो लाग्दै गएको पोल्ट्री ब्यवसाय पुन पहिलोको अबस्थामा फर्कन सुरु गरेको छ ।
अहिले बन्दा बन्दि केही खुकुलो भएसंगै कुखुरालाई खुवाउने दानाको मुल्य गिरावट र अण्डालगाएत मासुको मुल्य आकासीयको छ ।
ब्यवसाय नै धरापमा पर्ने हो की भन्दै चिन्तामा रहेका धादिङका कुखुरा पालक किसानहरु अहिले विस्तारै सहज भएको र उत्पादीत् मासुर अण्डाको पनी मुल्य बृद्धि हुदै आएकोमा खुसी भएका छन् ।
लामो समयको कडा बन्दा बन्दिले उत्पादीत मासु अण्डाको मुल्यमा आएको गिरावटका कारण निकै घाटा बेहोरेको पोल्ट्री ब्यवासीहरु अब विस्तारै पुनःफष्टाउने आसा पलायको बताउनु हुन्छ । यही अवस्थामा ब्यवसाय गर्न पाउने हो भने निकै फईदा हुने कुखुरा पालक किसानहरु बताउनु हुन्छ ।
बन्दा बन्दिका कारण दान उद्योगहरुमा पर्याप्त जनशक्ति नभएका कारण दानाको अभाव झेल्दै आएको मासु र अण्डाको मुल्य साविक भन्दा सत्तरीदेखी पचहत्तर प्रतिशत कममा विक्रि गर्नु पर्ने बाध्यतामा कुखुरा पालक किसानहरु परेका थिए ।
किसानहरुले दानाको मुल्य बन्दा बन्दिको समयमा निकै महङ्गो तिर्नु परेको पनी बताएका छन् । तर अहिले लक डाउन खुकुलो बनायसंगै सबै कुराहरु विस्तारै सहज भएको कुखुरा पालक किसानहरु बताउनु हुन्छ । किसानका अनुसार बन्दा बन्दिको समयमा उत्पादी अण्डा प्रति गोटा तिनदेखी पाँच रुपैंया मुल्यमा विक्रि हुनेमा आजकाल मुल्य  झण्डै तिन गुण बृद्धि भई प्रति अण्डाको १३ रुपैया किसानहरुले नै पाएका छन् ।
यसै गरी  मासुका लागी योग्य कुखुरा  कडा बन्दा बन्दिका बेला  दाना खुवाउन नसक्ने भएकाले एक सय पचासदेखी दुई सयसम्म विक्रि गरेकोमा अहिले प्रति किलो नै दुई सय किसानले नै पाउने गरेका छन् । जिल्लाभर  तिन हजार घर परिवार यस व्यबसायमा आश्रीत छन् 

प्रतिक्रिया दिनुहोस