X (current)

बन्दा बन्दिको समयमा वन पैदावार र बन्य जन्तुको अबैध चोरी निकासी बड्दो

  Bikaspost   2 July, 2020


धादिङ । कोरोना भाईरसको रोकथमा र नियन्त्रणका लागी सरकाले गरेको लक डाउनको समयमा धादिङमा वन तथा बन्य जन्तुको अबैध चोरि निकासी बडेको पाईएको छ ।
डिविभजन वन कार्यालय धादिङको तथ्याङ्क अनुसार विगत एक वर्षको अवधीमा भन्दा लक डाउनको समयमा धेरै वन पैदावर र बन्य जन्तुको चेरी शिकारका घटनाहरु भएको छ ।
बन्दा बन्दिको मौका छोपी काठको तस्करी बन्य जन्तुहरुको चोरी शिकारी र विभिन्न जडिवुट्टीहरुको अबैध ब्यपार भएको सुचनाको आधारमा डिभिजन वन कार्यालय धादिङले ठाँउ ठाँउमा चेक जाँचका गरी प्रतिवन्धीत् बन पैदावारहरु पक्राउ गरेको छ ।
यसरी चोरी निकासी हुने गरेको सुचनाका आधारमा डिभिजन वन कार्यालय धादिङले वन पैदावरको अबैध चोरी निकासीमा संलग्न १४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुबाट  कार्यालयले सालको काठ सालकको खपटा,जटा मसी यास्रा गुम्वा निरमसी गुच्चि च्याउ जस्ता प्रतिवन्धीत वन पैदावरहरु समेत रंगे हात बरामद गरेको छ ।
उनिहरुको साथबाट चोरी निकासीमा प्रयोग गरेका तिन ओटा सवारीका साधनहरु समेत डिभिजन वन कार्यालय धादिङले नियन्त्रणमा लिएको छ ।
यसै क्रममा पछिल्लो एक हप्तामा राजश्व समेत छली गरी तिन सय दश किलो ग्राम जटामसी, एक किलो ग्राम यास्रागुम्वा र १७ ग्राम गुच्चि च्याउ विक्रिका लागी लग्दै गर्दा  कार्यालयबाट खटिएको विषेस टोलीले बरामद गरेका  छ । भने लक डाउनको अवधी भर तिन सय तिस क्युफिट सालको काठ सहित सल्ला र खयर गरी एकहजार दुई सय सत्ताईस क्युफिट काठ बरामद गरेको छ ।
चोरी निकासीमा संलग्नहरुलाई कानुन अनुसार कारवाहीको प्रकृया अगाडि बढाई सकेको छ ।
बन्दा बन्दिको समयमा वनका कर्मचारीहरु पनी एक ठाँउबाट आर्को स्थानमा जाँन नपाउदा बन पैदावार र बन्य जन्तुहरुको अबैध चोरी शिकारी र निकासी बडेको हो ।
बन क्षेत्रलाई जोगाई राख्न र बन पैदावरको चोरी निकासी रोक्नका लागी सरकारले बनलाई पनी अत्यावाश्यक सेवा भित्र राख्नु सकेको खण्डमा वन पैदावार र बन्य जन्तुहरुको चोरी निकासी नियन्त्रणमा टेवा पुग्ने विश्वास  वन क्षेत्रमा कार्यरत कार्मचारीको  छ । 

प्रतिक्रिया दिनुहोस