X (current)

बागमती प्रदेश सरकारले धादिङ सहित १० जिल्लाका बाह्र स्थानमा शीतभण्डार निर्माणको काम सुरुवात सुरु

  Bikaspost   7 September, 2020


धादिङ । किसानले उत्पादन गरेको तरकारी जन्य बस्तुहरु बेमौसममा विक्रिका लागी स्टोर गरेर राख्न  बागमती प्रदेश सरकारले धादिङ सहित १० जिल्लाका बाह्र स्थानमा  शीतभण्डार निर्माणको  काम  सुरुवात सुरु गरेको छ ।
यसरी निर्माण गरेका मध्य धादिङको  र चितवनको  निर्माण कार्य पचास प्रतिशत सम्पन्न भई सकेको छ ।
बागमती प्रदेश अन्तरगत भुमि व्यवस्था,कृषी तथा शहकारी मन्त्रालय र स्थानीय तहहरुको सहकार्यमा  सित भण्डार निर्माण सुरु गरेको हो । उक्त सित भण्डारण एक स्थानीय तहमा दुई सयदेखी  २५ सय मेट्रिक टन क्षमताको हुने छ ।
मन्त्रालयको ७० र स्थानीय तह तथा सहकारीहरुको ३० प्रतिशत लागत सहभागीतामा निर्माण कार्य सुरु गरिएको शीत भण्डारहरुको संचालन स्थानीय तहको निगरानीमा सहकारीहरुले गर्नेछन् ।
दश जिल्लामा सित भण्डार निर्माणका लागी  मन्त्रालयले ६५ करोडको लागतमा ईजि ईन्फा प्रालि काठमाण्डौलाई जिम्मा दिईएको छ ।
शित भण्डार निर्माण सम्पन्न भएलगतै  उत्पादीत तरकारी र फलफुल बेमौसमा पनी विक्र गर्न सकिने र किसानहरुले राम्रो मुल्य पाउने विश्वास मन्त्रालयको छ ।
धादिङको बेनीघाट रोराङ्ग गाउँपालीकालाई तरकारी र सुन्ताला उत्पादनका लागी पकेट क्षेत्रको रुपमा मानिदै आएकोले गर्दा सो सित भण्डा बेनीघाटमा निर्माण गरिएको हो ।
कृषि उपजलाइ ५ देखि ७ महिनासम्म सुरक्षित भण्डारण गरेर राख्न सकिने र अफ सिजनमा राम्रो मुल्यमा विक्रि गर्न पाउने भएकाले कृषि कर्ममा लागेका किसानहरुलाइ थप सहयोग पुग्ने भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता शरण कुमार पाण्डे  बताउनु हुन्छ ।
उत्पादीत् तरकारीले बजारको अभावका झेली रहेको बेला  किसानहरुले सस्तो मुल्यमा तरकारी विक्र गर्नु पर्ने समस्या  सित भण्डार संञ्चालनमा आएलगतै समाधान  हुने बेनीघाट रोराङ्ग गाउँपालीकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले बतानउनु भएको छ ।
यसो गर्दा विचौलीयाको पनी केही हदसम्म अन्तय हुने र किसानहरुले आफ्नो मुल्यमा तरकारी विक्रि गर्न पाउने छन् ।
यसरी हरेक स्थानीय तहहरुमा कृषी क्षेत्रलाई मजवुद बनाई अधुनीकीकरण गर्न सकेको खण्डमा  किसानहरुको आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस