X (current)

बाग्मती प्रदेशका सबै विद्यालयमा स्टाप नर्स राख्ने

  Bikaspost   11 February, 2020


धादिङ । बाग्मती प्रदेश सरकराले आफ्नो प्रदेश भित्र रहेका सबै विद्यालयहरुमा  स्वास्थकर्मी राख्न सुरु गरेको छ ।
पहिलो चरणमा १३ जिल्लाका १८ स्थानीय तहको विस ओटा माध्यामीक विद्यालयहरुमा स्टाप नर्स राखी त्यसको प्रभावकारीताको  परिक्षण गरिएको थियो ।
यसको  नतिजा अत्यान्त प्रभावकारी पाए पछी अब बाग्मती प्रदेशका सबै विद्यालयहरुमा एक विद्यालय एक स्वास्थ्य कर्मी राख्ने तयारी पुरा भएको  सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेशले जनाएको छ ।
यसरी प्रत्येक विद्यालयमा  स्वास्थ्य कर्मी राख्नुको मुख्य उद्देश्य बालवालीकाहरुको ब्यक्तिगत स्वास्थ्यकाको बारेमा थाह पाउनु र उनिहरको स्वास्थ्य अवस्था आफ्ना अभिभावकका साथै  विद्यालयलाई जानकारी गराउनु रहेको छ ।
यसका साथै  विद्यालयको सरसफईलगाएत निम्न माध्यामिक तहदेखी माध्यामीक तहका बालीकाहरुमा हुने महिनावारीको समयमा देखापर्ने विभिन्न समस्या, समाधान र परामर्सका लागी पनी यस्तो ब्यवस्था गरिएको हो ।   जस्का कारण बालीकाहरुमा महिनावारीको समयमा आउने स्वास्थ्य समस्याका कारण विद्यालय छाड्ने समस्या समाधान गर्न सकिने पनी मन्त्रालयले जनाईएको छ ।


मन्त्रालयका अनुसार प्रदेश सरकारले बाग्मती प्रदेश भरका  एक सय १९ स्थानीयतहरुमा यसै आर्थिक वर्षदेखी कम्तीमा प्रत्येक स्थानीय तहहरुको एक माध्यामीक विद्यालयमा स्टाप नर्सको ब्यवस्था गर्ने छ ।
आगामी वर्ष भित्रमा  बाग्मती प्रदेशका १३ जिल्लाका १३ सय पचास विद्यालयहरुमा  प्रत्यकमा एक एक जना स्टाप नर्सको ब्यवस्था गर्ने तयारी पुरा भएको छ । 

प्रतिक्रिया दिनुहोस