बालुवामा सुन खोजेर जिविका चलाउने बोटे समुदायको दुखेसो
Bikaspost 6 January, 2021
धादिङ । बजारमा प्रति तोला सुनको मुल्य झण्डै एक लाखको हाराहारीमा छ । तर बालुवामा सुन खोजेर जिविको चलाउने बोटे समुदायको मानिसहरुलाई भने दैनीकी चलाउन समेत धौ धौ भएको छ ।
उनिहरुलाई न त सुनको मुल्य नै थाहा छ न त उनिहरुले खोजेको सुनको मुल्य नै विक्रि गर्दा उचित पाउने गरेका छन् ।
यो पिडाबाटा हिँउदको छ महिना फिरन्ते जिवन विताउने तनहुँका बोटे समुदायका मानिसहरु वर्षैदेखी पिल्सीदै आएका छन् ।
नदी किनारामा बस्ने दिनभरी बालुवा चालेर सुन खोज्ने आफ्नो मुख्य पेशा बनाउदै आएको यो समुदायका मानिसहरु अहिले त्रिशुली नदी किनरामा आई पुगेका छन् ।
चिसो ठण्डीमा दिनभरी चालेको बालुवा बाट निश्कियको सुन विक्रिबाट अहिले मुस्किलले पाँच छ सय आम्दानी गर्ने गरेको बोटे समुदायका मानिसहरु बताउनु हुन्छ ।
हरेका दिन नदी किनारमा बसी बालुवा चाल्दै सुन निकाल्ने उनिहरु आफुले निकालेको सुनको मुल्य बजारमा अत्यान्त सस्तो भएका कारणले पनि समस्या भएको बताउनु हुन्छ ।
पेशाले सुन चाल्ने भए पनि दैनिकि जिविको चलाउन भने यो समुदायका मानिसहरुलाई मुस्किल हुने गर्दछ ।
पुर्खादेखी नै गर्दै आएको सुन खोज्ने पेशाबाट दैनिकि चलाउन मुस्किल भए पछि पेशा नै परिवर्तन गर्नु पर्ने अवस्था आएको यस समुदायका मानिसहरु बताउनु हुन्छ ।
सरकारले उनिहरुले निकालेको सुनको मुल्य पनि अरु बजारमा पाईने सुनको जतिकै मुल्य तोकिदिनु पर्ने माग समेत यस समुदायका मानिसहरुको छ । अहिले बोटे समुदायका मानिसहरुले बालुवा चालेर संकलन गरेको सुनको मुल्य बजारमा प्रति लाल पाँच सयमा विक्रि हुने गरेको छ । दिनभरी बालुवा चाल्दा मुस्किलले एकदेखी डेढ लाल सुन संकलन हुने गर्दछ ।
बजारमा उपभोग्य बस्तुहरुको मुल्य आकासीएको र आफुले निकालेको सुनको मुल्य कहिले नवडेकोले पनि यस्तो अबस्था आएको बताउनु हुन्छ ।
छ महिना फिरन्ते जिवन विताई नदी किनारमा बस्ने ति समुदायको मानिसहरु अहिले कोरोनाको कारण त झनै समस्या भएको बताउनु हुन्छ ।
विषेस गरी त्रिशुली बुढिगण्डकी, काली गण्डकी र मस्याङ्गदी लगाएतका नदीहरुमा बोटे समुदायका मानिसहरु सुन खोज्नका लागी आउने गरेका छन् ।