X (current)

बेलायतबाट फर्किएका तीन नेपालीमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

  Bikaspost   18 January, 2021


काठमाडौं, माघ ५ २०७७– बेलायतबाट फर्किएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नयाँ प्रजातिको भाइरस तीव्र रुपमा संक्रामक रहेको अध्ययनले पुष्टि गरिसकेको छ।

हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा गरिएको जिनोम सिक्वेन्सिङमा तीन जनामा सो भाइरसको नयाँ प्रजाति भेटिएको मन्त्रालयका प्रवक्ता प्राध्यापक जागेश्वर गौतले बताएका छन्।

यो भाइरसको प्रजाति पहिलेको भन्दा ७० प्रतिशत बढी संक्रामक मानिन्छ। डब्लुएचओले जनाएअनुसार सो भाइरसको प्रजातिबाट संक्रमित हुनेमा २ पुरुष तथा एक महिला रहेका छन् ।

मन्त्रालयका अनुसार संक्रमित दुई कोरोना संक्रमणबाट मुक्त भएको र बाँकी एक जनामा पनि कुनै प्रकारको लक्षण नदेखिएको प्राध्यापक गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस