X (current)

बेलुकी पख पृथ्वी राजमार्ग हुदै निर्माण सामग्री लिएर राजधानी प्रवेश गर्ने ट्रिपरहरुका कारण राजमार्गमा सवारी जाम

  Bikaspost   27 May, 2020


धादिङ । सरकाले कोरोना भाईरसको रोकथम र नियन्त्रणका लागी गरेको लक डाउनका कारण दिनभरी सुनसान हुने पृथ्वी राजमार्गमा आजकाल साँझ पख भने प्रहरीलाई सवारी ब्यवस्थापन गर्नै हम्मे हम्मे पर्ने गरेको छ ।
बेलुकी पख पृथ्वी राजमार्ग हुदै निर्माण सामग्री लिएर  राजधानी प्रवेश गर्ने ट्रिपरहरुका कारण राजमार्गमा सवारी जाम नै लग्ने गरेको छ । सरकाले मजदुरहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै  विकास निर्माणका कामहरु नरोक्न भने पछी धादिङ जिल्लाबाट मात्र दैनिक पाँच सयको हाराहारीमा ढुङ्गा, गिट्टी र बालुवा बोकेका ट्रिपरहरु राजधानी प्रवेश गर्ने गरेका छन् ।
यसरी निर्माण सामग्री बोक्ने ट्रिपरहरुलाई बेलुकी आठ बजे पछी मात्र नागढुङ्गा नाकाबाट प्रवेश दिईने गरेको छ ।
यसोत ट्रिपरहरु चार बजेदेखी नै लाईनमा बसी राजधानी प्रवेश गर्ने गरे पछी धादिङ प्रहरीले  कडाई गरी रोक्ने गरेको बताईएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नेत्र भट्टका अनुसार धेरै जसो लुकी छिपि जाने र नगाढुङ्गा क्षेत्रमा जाम लागउने भएका कारण यसको नियन्त्रणका लागी छड्के चेक जाँच गर्ने गरेको बताउनुहुन्छ ।
यसरी निर्माण समग्री बोक्ने ट्रिपरका चालक र सहचालक दुबैको स्वास्थ्य जाँच गर्नु पर्नेमा त्यसो भने गरेको पाईएको छैन ।


जथाभावी ट्रिपरहरु चलाएका कारण रोगको संक्रमण फैलन सक्ने भन्दै धादिङका स्थानीयहरुले चिन्त्ता ब्यक्त गरेका छन् । तर यसरी गएका ट्रिपर चालकहरु र सहचालक कतै कहि पनी रोकिन र ओर्लन पाउने छैनन् ।
नागढुङ्गा नाकामा मानिसहरुलाई राजधानी प्रवेश गर्न गरेको कडाईसंगै पछिल्लो समय कति पय ट्रिपरहरुमा रातको समयमा मानिसहरु पनी प्रवेश गर्ने गरेको प्रहरीको भनाई छ ।
यसको नियन्त्रण र रोकथामका लागी पनी प्रहरीले आजकाल राजमार्गमा कडाई गरी स्कटिङ्गको ब्यवस्था समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस