X (current)

बैदेशीक लगानीमा धादिङमा निमार्ण सुरु गरिएको ह्वासीन सिमेन्ट उद्योगले आगामी असारबाट उत्पादन सुरु गर्ने

  Bikaspost   10 January, 2020


धादिङ । एक वर्षमा उत्पादन सुरु गर्ने लक्ष्यका साथ निर्माण सुरु गरेको मुलुककै सबै भन्दा ठुलो सिमेन्ट उद्योगको भौतकि संरचना निर्माणको कामले तिब्रता पाएको छ ।
देशलाई सिमेन्टमा आत्मा निर्भर बनाई सहुलीयत मुल्यमा उपभोक्ताहरुलाई सिमेन्ट उपलब्द गराउने उदेश्यका साथ धादिङको महादेवस्थान स्थित ताल्तीमा निर्माणधनीन ह्वासिन सिमेन्ट उद्योगको चालीस प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाईएको छ ।
आगामी ६ महिनामा भौतीक संरचना निर्माणदेखी उपकरण जडान गरी उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ ।  
गत असार महिनामा आएको बडिका कारण निर्माणधिन अवस्थामा रहेका सबै संरचना बगायका पछी भौतकि संरचना निर्माणको काम केही ढिलाई हुन गएको हो ।
तथापी आगामी असारसम्ममा उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम अगाडि बढि रहेको कम्पनीका प्रमुख तुलशी थापनले जानकारी दिनु भएको छ ।
चिनीयाँ र नेपालीहरुको संयुक्त लगानीमा निर्माण सुरु गरेको मुलुककै सबै भन्दा पहिलो र ठुलो कम्पनी हो ।
बैदेशीक लगानीमा सुरु हुने  कम्पनीहरु स्थापनाले स्थानीय तहहरुमा रोजगारीको अवसर श्रृजना हुने भन्दै यस्ता कम्पनीहरु स्थापनाका लागी गाउँपालकाले निकै सहयोग गर्ने बेनीघाट रोराङ्ग गाउँपालीकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले बताउनु भएको छ ।
नेपालमा यसरी बैदेशीक लगानी भित्र्रयाउन सकेको खण्डमा रोजगारीको अवसर प्रसस्त हुने र आर्थिक आम्दानीमा समेत टेवा पुग्ने उहाँले बताउनु भएको छ ।
नोपली र चिनियाँ गरी करिव एक हजार मजदुरहरुले उद्योगको भौतकि संरचना  निर्माणको काम गरी रहेका छन् ।


१७ अरवको लगानीमा निर्माण सुरु गरियको यस उद्योगले दैनिक तिन हजार मेट्रिक टन अर्थात् ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने छ ।
यससंगै बजारमा सिमेन्टको मुल्यमा पनी केही कमी आउने छ । उद्योगमा चिनीयाँ कम्पनीको ह्वासिनको १४ र नेपाली कम्पनी बैद्य ईन्भेष्टमेन्टको तिन अरवको लगानी रहेको छ । 

प्रतिक्रिया दिनुहोस