X (current)

बोनीघाट रोराङ्गमा प्रहरी चौकी निर्माण कार्य सम्पन्न

  Bikaspost   6 July, 2020



धादिङ । २०७२ सालको भुकम्पका कारण भत्कीएका धादिङका प्रहरी चौकीहरुको पुन निर्माणको कामले गति लिएको छ ।
हलसम्म २७ प्रहरी र्चौकीहरु मध्य १६ ओटाको निर्माण कार्य सम्पन्न भई सकेको छ , भने अन्य  निर्माको क्रममा रहेका छन् ।
यसै क्रममा दश वर्षे जनयुद्धका बेला विस्थापित भएको तर पुनः स्थापित गरी सेवा सुरु गर्दै आएको प्रहरी चौकी बेनीघाटको भवन भुकम्पका कारण भत्कीय पछी बल्ल निर्माण सम्पन्न भई सेवा सुरु गरेको छ । यसो त उक्त प्रहरी ईकाईलाई नयाँ भवन निर्माणसंगै ईलाका प्रहरी कार्यालय बनाईएको छ ।
नवनिर्मीत भवन सुविधा सम्पन्न र आधुनकि प्रविधिको रहेको छ । भवन दुई करोड पचासलाखको लागतमा निर्माण सम्पन्न भएको हो ।
राजमार्ग क्षेत्रमा पर्ने भएकोले दुर्घटना लगाएत विभिन्न अपराधीक घटनाहरु घट्ने र सोको नियन्त्रणका लागी प्रहरी परिचालन सहजता आउने भएकाले स्थर उन्नती गरिएको हो ।
जिल्लामा रहेका २७ प्रहरी ईकाई मध्य पाँच प्रहरी ईकाईहरुको अझै विभिन्न कारणले गर्दा भवन बन्ने काम अगाडि बड्न सकेको छैन ।
यसै गरी  द्धन्द्ध पछी एउटा प्रहरी ईकाई  स्थापना हुनै बाँकी रहेको छ ,भने अन्य चार ओटा ईकाई निर्माणधीन अवस्थामा रहेका छन् ।
एउटा प्रहरी ईकाईले पुरानै भवनमा बसी सेवा दिदै आएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिईएको छ ।  

प्रतिक्रिया दिनुहोस