X (current)

भन्सार प्रतिनिधिविरुद्ध राजश्व अनुसन्धानको मुद्दा

  Bikaspost   16 April, 2021


काठमाडौं । राजश्व उठाउने निकायका प्रतिनिधि नै राजश्व छलीमा संलग्न रहेको पाइएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा दायर गरेको मुद्दामा भन्सार प्रतिनिधि नै संलग्न रहेको पाइएको हो ।

विभागले राजश्व छली गरेको अभियोगमा चार जनाविरुद्ध रु एक करोड छ लाख ७२ हजार ९०९ बराबरको बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले आज बिगो दाबीसहित जरिवाना तथा कैद सजायको माग गरी मुद्दा दर्ता गरेको जनाएको छ ।

विभागका अनुसार ओम सर्जिकल कन्सर्न प्रालिका सञ्चालक दलबहादुर भण्डारीसमेत भन्सार प्रतिनिधि रामबाबु जमकटेलले आपसी मिलेमतोमा न्यूनतम मूल्यको गलत कागजात तयार पारेर राजश्व छली गरेको अभियोग लगाएको छ ।

यस्तै विभागका अनुसार नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजश्व छली गरेको अभियोगमा दुई वटा फर्मका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले ती फर्मविरुद्ध रु ३० करोड २८ लाख २ हजार ५७३ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । विभागका अनुसार ती फर्म सञ्चालकविरुद्ध गत चैत २५ र २६ गते मुद्दा दायर गरेको हो ।

विभागले ती फर्म सञ्चालकको बैंक खाता सञ्चालकलाई जरिवाना र कैदको मागदाबी गरेको छ । न्यू राहुल मोबाइल सेन्टर हेटौँडाका सञ्चालक काजल केशरीसँग रु १२ करोड ३५ लाख २५ हजार २२ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

त्यस्तै वीरगञ्ज महानगरपालिका १२ को व्याहुत ट्रेडर्सका प्रोपाइटर अनिलकुुमार कलवारविरुद्ध रु १७ करोड ९२ लाख ७७ हजार ५५१ बराबरको बिगो दाबी गरिएको । विभागले काजल केशरीविरुद्ध उच्च अदालत पाटनको हेटाँैडा इजलास र कलवारविरुद्ध उच्च अदालत जनकपुरको इजलास वीरगञ्जमा मुद्दा दायर गरेको हो ।-

प्रतिक्रिया दिनुहोस