भुकम्प पिडितहरुका लागी सरकारले आवास निर्माण गर्न श्रीमान श्रमतीकै नाममा संयुक्त लालपुर्जा

Bikaspost 4 January, 2020
धादिङ । भुकम्प पछीको ब्यक्तिगत आवास पुन निर्माणका लागी लाभग्राहीको सुचिमा परेका तर जग्गा नभएर आावास निर्माण गर्न नपाएका ८४ घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ ।
प्रदेश नं ३ का आन्तरिक मामला तथा कानून मन्त्री शालिकराम जमरकटेलले मंगलवार वेनीघाट ९ मझिमटारमा भूमीहिन भुकम्प पिडितहरुलाई आवास निर्माण गर्न लालपुर्जा हस्तातरण गर्नुभएको हो ।
लालुपुर्जा नभएका कारण हाल सम्म आवास निर्माण गर्न नपाएका जिल्लाका ८४ घरधुरी मध्य ३८ घरलाई राष्ट्रिय पुनर्निर्माण प्रााधिकरणले ४ आनाका दरले जग्गा किनी दिएको छ ।
वांकी ४६ घरधुरी आफैले हकभोग गर्दै आएको ऐलानी जग्गालाई नै लालपुर्जा प्रदान गरिएको हो ।
लालुपुर्जा श्रीमान श्रमतीकै नाममा संयुक्त रुपमा खरिद गरिएको प्राधिकरणका आयोजना प्रमुख जयराम श्रेष्ठले बताउनु भएको छ । अहिले जगगा धनी लालपुर्जा पाउनेहरु विपन्न चेपाङ¨ ,दलित र एकल महिलाहरु छन् ।