X (current)

भैरवी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई ब्याज र हर्जनामा छुट दिने

  Bikaspost   16 June, 2020


धादिङ । भैरवी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कार्मचारीहरुको कोरोना विमा गर्नुका साथै सदस्यहरुलाई ब्याज र हर्जनामा छुट दिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण समस्यामा रहेका आफ्ना सदस्यहरुलाई राहत प्याकेज अन्तरगत छुट दिन लागिएको हो । सहकारीका व्यावस्थापक देवनारायण लामिछानेका अनुसार २०७६ चैत ११ गतेदेखि लकडाउन अवधिभरको ब्याज रकममा १० प्रतिशत छुट दिने र सो अवधिमा हर्जना समेत नलिने बताउनुभएको छ । असार २१ गते सम्म भुक्तानी गर्नेहरुले लकडाउन अवधिभरको ब्याज रकममा १० प्रतिशत र हर्जनामा सत प्रतिशत छुट पाउने भएको हो ।

सहकारीमा १ हजार ८ सय ३० जना सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस