X (current)

मालपोत कार्यालय धादिङलाई प्रविधि मैत्री बनाउदै भु–सेवा संञ्चालनमा ल्याउने अन्तिम तयारी

  Bikaspost   24 February, 2020


धादिङ । जिल्ला मालपोत कार्यालय धादिङलाई प्रविधि मैत्रि बनाउने उदेश्यका साथ भु–सेवा संञ्चालन ल्याएको छ  ।
मामलपोत कार्यालयमा सेवामा हुने ढिला सुस्तीलाई छिटो छरितो बनाउनका लागी सरकराले भु–सेवा संञ्चालनमा ल्याएको  हो  ।
मालपोतमा जग्गा पास,रोक्कालगाएत जमिन जग्गा सम्वन्धि विभिन्न काम काजका लागी सहज होस् भन्ने उदेश्यका साथ सरकराले देश भरीका पच्चिस ओटा मालपोत कार्यालहरुमा सो सेवा सुरु गर्न लागेको हो ।
यससंगै मालपोत कार्यालयमा हुने अनीयमीता रोकिने र सर्वा–साधारण सेवाग्राहीहरुले एकै स्थानबाट सबै सेवा पाउने छन् ।
एउटै काउण्टरबाट सबै काम हुदा सेवाग्राहीहरु मालपोत कार्यालयमा  काम गर्ने मध्यस्त कर्ताहरुबाट ठगिनु पर्नेबाध्यता समेत हट्ने छ ।
यसोत जमीन जग्गाको लिखत पनी पहिले हातले नै लेख्नु पर्दा अशुद्ध हुने ,लामो समय लाग्ने र विग्रने गरेकोमा प्रविधि मैत्री भए पछी त्यसको पनी अन्त्य हुने मालपोत कार्यालय धादिङले जनाईएको छ ।
जस्रका कारण श्रोष्ता समेत शुद्ध हुदै जाने छ । दैनिक एक सय भन्दा धेरै जमीन रोक्का, पास अंसबण्डा लगाएतको काम हुने मालपोत कार्यालय धादिङमा भु–सेवा सुरुभए पछी  सबैको श्रेष्ता कम्प्युटर प्रणलीबाट हेर्न सकिने छ ।


सेवा पुर्णरुपमा देश भरका सबै जिल्ला मालपोत कार्यारहरुमा संञ्चालन भए पछी कुनै पनी ब्यक्तिको देश भरी  भएका जमीनहरुको श्रेष्ता मुलुक भर जुनसुकै मालपोत कार्यालयबाट पनी ब्यक्त्किो नाम र नगारीकता नम्वरको आधारमा हेर्न सकिने छ ।


अझैपुर्ण रुपमा ब्यवस्थित नभई सकेकोले केही समस्या आएको भए पनी सम्पुर्ण प्रकृया पुराभई सके पछी काममा निकै सहजता  आउने मालपोत कार्यालय धादिङले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस