X (current)

मुआब्जामा एकरुपता नभएको भन्दै स्थानीयहरुले गरेको गुनासोको सुनुवाई हुने

  Bikaspost   9 February, 2020


धादिङ । बुढिगण्डकी जलविद्युत आयोजनाले वितरण गरेको  मुआब्जामा एकरुपता नभएको भन्दै स्थानीयहरुले गरेको गुनासोको सुनुवाई हुने भएको छ ।
गोर्खाको आरुघाट र धादिङको विशाल नगर क्षेत्रको जमीनमा मुआब्जा तिरणका क्रममा केही रकम फरक परेको भन्दै सोको निराकरण गर्ने तर्फ सरोकारवालहरु लागेका हुन् ।
गोर्खा जिल्लाको मुख्य ब्यपारीक क्षेत्र आरुघाटको तुलनामा संगै जोडियको धादिङको विशालनगर र खहरेतर्फको जमीनको मुल्याङ्कनमा प्रति आना पचासदेखी साठी हजारको  फरक भएको गुनासो स्थानीयहरुको छ ।
मुआब्जा तोक्ने क्रममा केही त्रुटी भएको भन्दै एथासिघ्र त्रुटी सच्याउतर्फ आयोजना लाग्नु पर्ने  माग जनप्रतिनिधहरुको छ ।
स्थानीहरुको गुनासोलाई सम्वोदन गर्नका लागी आज प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गले सर्ब पक्षिय भेला गराई मुआब्जामा एक रुपता नहुनुको कारण सहित त्रुटीकेमा भएको भन्ने पत्ता लगाउन प्राविधिक सहितको एक उच्चस्तरीय टोली समेत गठान भएको छ ।
उता आयोजनाका प्रमुख कृष्ण बहादुर कार्कीले भने माुआब्जाको रकम फरक हुनुमा जमिनको भ्यालु र त्यसको प्रकृतीले गर्दा फरक रेट भएको बताउनु् हुदै प्राविधिक मुल्याङ्कनमा त्रुटी  नभएको दावी गर्नु भयो ।  


गोर्खा पट्टिको भागमा पनी दुई किलो मिटर क्षेत्रमा नै मुल्याङ्कन फरकफर रहेको बताउदै जमीनको कित्ता–कित्ताको महत्वको आधारमा मुल्याङ्कन गरिएको पनी प्रमुख कार्कीले जानकारी दिनु भयो ।
हालसम्म बुढिगण्डकी जलविद्युत आयोजनाका लागी करिव ९२ प्रतिशत जमिनको मुआब्जा वितरण भई सकेको पनी उहाँले जानकारी दिनु भयो । आयोजनाका लागी अधिकरण गर्नु पर्ने ५८ हजार रोपनी जमीन मध्य ४६ हजार रोपनी जमीनको  सरकराले २८ अर्व मुआब्जा वितरण  वितरण गरिसकेको आयोजनाले जानकारी दिईएको छ ।  

प्रतिक्रिया दिनुहोस